बालिका यौन दुव्र्यवहार घटनामा मानव अधिकार आयोगको चासो

जुम्ला ः १३ वर्षीया बालिकालाई यौन दुव्र्यवहादुर घटनाका विषयमा राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले चासो लिएको छ । आयोगका शाखा कार्यालय जुम्लाका प्रमुख बुद्धनारायण साहनी र मानव अधिकार अधिकृत धनराज शाहीको टोलीले पीडित बालिका आमा र प्रहरीसँग भेटेर ध्यानाकर्षण भएको जनाएको छ ।आयोगको शाखा प्रमुख साहनीका अनुसार आयोगले यो घटना गम्भिर फौजदारी अपराध र बालअधिकार, यौन दुव्र्यवहादुर, न्याय पाउनु पर्दछ भन्ने हिसावले लिएको छ ।

उनले भने,” यौन दुव्र्यवहारमा घटनाका आरोपित व्यक्ति चन्दननाथ नगरपालिका ७ का ४८ वर्षीय प्रेमजंग (प्रेमराजा) महत नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया थालेको छ । यो सकारात्मक पक्ष हो । अझै यस घटनाको प्रभावकारी अनुन्धान गरी न्याय नमर्ने हुनु पर्दछ ।
घटनाको विषय उठान गर्ने र समाचार सम्प्रेषण गर्ने पत्रकार र पीडित बालिका र उहाँकी आमाको पनि राज्यले उचित सुरक्षाको व्यवस्थापन गर्नुपर्ने सुझाएको आयोगका मानवअधिकार अधिकृत शाहीले बताए । जुन घटनामा संलग्न भनिएको आयोगको कर्मचारी सुरक्षागाड उसको नितान्त व्यक्तिगत कार्य हो । यसको आयोगको कुनै संलग्नता छैन । सुरक्षागाडाका विषयमा आयोगले छानविन गरी कारवाही प्रक्रिया अगाडी बढाउने जनाएको छ ।

घटना सामसुम पार्ने घटनाका मतियारलाई पनि अनुसन्धानको दायरामा ल्याएर कारवाही प्रक्रियामा लैजाने ध्यानाकर्षण पनि गरिएको आयोगले जनाएको छ ।यौन दुव्र्यवहार घटनाका आरोपित महतले एक महिनासम्म पटक पटक करणी गर्दै आएको पीडित बालिकाकी आमाको आरोप छ । आरोपित महतले ती बालिकालाई पढाइदिने र घरायसी काममा सहयोग गर्ने भनी छोरी बनाएर राख्ने बालिकाकी आमासँग सहमति गरी ०७९ बैशाख महिनादेखि घरमा लगिएको खुल्लन आएको छ ।

 

सम्बन्धित समाचार