जुम्ली खस भाषाको अभिलेखिकरण गरिदै

जुम्ला ःजुम्ली खस भाषाको अभिलेखिकरण गरिने भएको छ । स्थानीय सरकारको पहलमा भाषा आयोगले अभिलेखिकरण गर्न प्रक्रिया थालेको हो । खस भाषाको जन्मथलो जुम्लाको सिञ्जा उपत्यकालाई मानिन्छ ।अहिले सम्म खस भाषा राष्ट्रिय भाषा आयोगमा दर्ता भएको नभेटिएपछि स्थानीय सरकारले अभिलेखीकरण गर्न पहल समेत थालेको सिंजा गाउँपालिकाअध्यक्ष पूर्णप्रसाद धितालले बताए । उनले भने, खसभाषा आयोगमा लिपिवद्ध गर्न पहल शुरु भएको बताए । उनका अनुसार आयोगको टोली जुम्लाको सिंजामा पुगेर ५ वटा खसलिपीको मानक प्रमाणित गरेको छ ।

अध्यक्ष धितालले गाउँपालिकाको टोली आयोगको केन्द्रीय कार्यालयमा समेत पुगेर आवश्यक छलफल, समन्वय र सहकार्य गरिएको छ । अव स्थानीयतह र सरोकारवालहरुको वैठक बसालेर थप छलफल गर्नेमा जोड दिने बताए ।
अव खस भाषाको लिपी भएको शब्द कोष अभिलेखीकरण तथा कम्प्यूटराईज गर्न आयोग निकै सकारात्मक र उत्साहितभएको छ । यसका साथै खस भाषा अभिलेखीकरणका लागि सिंजामै प्रशिक्षण संचालन गर्ने कार्यक्रम समेत राखिएको गाउँपालिकाले जनाएको छ ।

२४ स्वर र ४१ वटा व्यन्जन वर्ण टुंगो लाग्यो
त्यस्तै भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले खस भाषा अभिलेखकिरणका बिषयमा आयोगले प्रथामिकता दिएको बताए । खस भाषा अभिलेखीकरणका लागि राष्ट्रपतिको प्रतिवेदनमा समेत पठाईएको र अख्यकाम भईरहेको छ ।अध्यक्ष अवस्थीका अनुसार खसभाषाका २४ स्वर र ४१ वटा व्यन्जन वर्ण समेत आयोगले तयार पारि सकेको छ । उनले भने, बर्ण पहिचानका बिषयमा स्थानीय डिल्ली प्रसाद तिवारी सहितका जानकारहरुबाट सहयोग प्रदानभएको छ ।

स्थानीय डिल्ली प्रसाद तिवारीले रत्नाकर देवकोटाको पुस्तकमापाईएका र गाउँपालिकाले निर्धारण गरेका आज सम्म चलनमानआएकाअक्षर अगाडि बढाईएको हो । जुम्लामा अहिले खस भाषाका जानकार चन्दननाथनगरपालिका १निवासी रमानन्दआचार्यले डेढ दशक भन्दा बढी समयदेखि सङ्कलन तथा लेखन गरी करिब ३५ हजार खस भाषा शब्दको खसिया आखर नेपाली भाषाको केन्द्रीय भाषिकाको शब्दकोश तयार गरेका छन । जुम्लाको खसभाषाको संरक्षण गर्न स्थानीयको जोड आवश्यक रहेको छ ।सिंजा गाउँपालिकाअध्यक्षधितालकाअनुसार‘खस भाषाको उत्थान र विकासका लागि अव ढिला गर्न नहुने र यसमा सवैको सहयोग आवश्यक रहेको छ ।

 

सम्बन्धित समाचार