जुम्लामा लागुओैषध ( ब्राउन सुगर) सहित एक जना प्रकाउ

जुम्लाः जुम्लामा प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जना पक्राउ गरिएको छ ।चन्दननाथ नगरपालिका २ बस्ने वर्ष १८का धर्मेन्द्र भण्डारी प्रकाउ परेका हुन ।जुम्ला प्रहरीले लागूऔषध (ब्राउन सुगर) कारोबार भइरहेको ५ भन्ने सुचनाको आधारमा प्रकाउ गरेको बताएको छ ।
प्रहरीले धर्मेन्द्र भण्डारीको शरिर र घरमा खानतलासी गर्दा उनको घरको दोस्रो तलामा रहेको दक्षिण ,पश्चिम तर्फको भण्डारी सुत्ने गरेको खानतलासी गरिएको प्रहरी निरिक्षक युवन चौधरीले बताए । उनले भने धर्मेन्द्र भण्डारी सुत्ने कोठा भित्र प्रवेश गर्दा उत्तर तर्फको भित्तामामा काठको ¥याकमा राखिएको किताबको कापि मध्येको गाता नभएको कापी भित्र सेतो रंगको प्लाष्टिकको टुक्रामा बेरी पुरीया बनाइ राखेको अबस्थामा लागूऔषध (ब्राउन सुगर) जस्तो देखिने खैरो रंगको धुलो पदार्थ फेला परेको हो ।

उनका अनुसार सोही कोठाको पश्चिम भित्तामा सिल्भर रंगको जलेको अवस्थामा टिलटिले काजगको टुक्रा ३ थान फेला पेरेको थियोर प्रहरीले रितपुर्वक बरामद गरेको छ । ब्राउन सुगर सहित प्रकाउ परेकन धमेन्द्र भण्डारीलाई हिरासतमा राखेर अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

सम्बन्धित समाचार