भेडा किसानलाई उनबाट आत्मा निर्भर बनाउने सीप प्रदान

जुम्ला ः तातोपानी गाउँपालिका वडा नम्बर ७ सर्मी किसानलाई मेसिनबाट राडिपाखी बुन्ने सीप प्रदान गरिएको छ । त्यहाका स्थानीयको आम्दानीको स्रोत भेडा पालन भएकाले उनीहश्रलाई उनबाट आत्मा निर्भर बनाउनका लागी यस्तो सिप प्रदान गरिएको हो ।
त्यहाँका स्थानीय अहिले पनि धेरै भेडा पाल्ने गरेका छन् । भेडाको ऊन बाट राडिपाखी,स्वीटर,पाखेकोट, मफ्लर,लिउ लगायतका सामाग्री बनाउँने सिप प्रदान गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले बताए । उनले भने, ‘यस अघि यी सबै सामाग्री बुन्नको लागि पुरानो परम्पराको चाद प्रयोग हुदै आएको थियो ।
एक राडिपाखी,लिउ र पाखेकोट बुन्न करिब एक हप्ताको समय लाग्ने गरेको थियो । प्रमुख देवकोटाका अनुसार कर्णाली प्रदेश सरकार उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले मेसिन उपलब्ध गराएर मेसिनबाट राडिपाखी बुन्ने सीप दिएपछि निकै राहत भएको छ ।

त्यस्तै मेसिनबाट राडिपाखी बुन्ने सीप २१ जनाले सिकेका छन । उनीहरुले प्रमाणपत्र समेत पाइसकेका छन । पहिलो पटक मेसिनबाट राडिपाखी बन्ने सीप पाउँदा निकै खुसी छौँ । कार्यले जीवन निर्वाह गर्ने सहज बाटो सिकाएकोछ । राडिपाखी बुनेर आत्मनिर्भर हुन प्रेरित गरेको तातोपानी गाउपालिकाका अध्यक्ष नवराज न्यौपानले भने,‘अब राडिपाखी प्रयाप्त बुनेर बजार सम्म लैजाने वातावरण बनाउँछौ ।’सीप भत्तामा सीमित भएका थुप्रै उदाहरण देखिन्छन् । तर सीप थन्काउनु राख्नु राम्रो होइन । राज्यले पछाडी परेका वर्गको जीवनस्तर माथि उकास्न सीप दिएको हो अध्यक्ष न्यौपाले भने, ।

त्यस्तै पहिले एक हप्तामा एउटा राडि या पाखी बुन्दै आएका भेडा पालक किसानले अहिले मेसिनको प्रयोगले सहजै रुपमा राडिपाखी बुन्न थालेका हुन । हातले राडिपाखी बुन्दै आइराखेका जुम्ला तातोपानी गाउँपालिका ७ सर्मीगाउँका स्थानीय चन्द्रबहादुर कुवर मेसिनले राडिपाखी बुनेर आत्मनिर्भर बन्ने सपना बोकेको बताए ।
उनले भने,‘तातोपानी गाउँपालिका वडा नम्बर ७ सर्मीका स्थानीयको आम्दानीको स्रोत भेडा पालन हो । कुँवरका अनुसार यहाँका स्थानीयलाई दुइ महिनले तालिम प्रदान गरेर दक्ष बनाइएको छ ।

खाली पुरानै परम्परागत शैलीको सीपले बजार पाउदैन । मेसिनद्वारा बुन्ने सीप आजर्न गरिएको छ । अब सहज हुनेछ । भेडाबाट उत्पादन हुने ऊनबाट राडिपाखी उत्पादन गरी आयआर्जनमा टेवा पुर्याउने उनिहरुको लक्ष्य छ । ऊन केलाउने, डोरी वाट्ने तथा राडिपाखी वुन्ने सीप सिकेकी कलाकोसे कुँवरले मेसिनबाट राडिपाखी बुनन सहज हुने गरेको बताइन । उनले भनिन, यो सीपले आत्मनिर्भर हुने आधार बन्नेछ ।

चुलोचौकोमा र घरायसी काममा व्यस्त देखिने महिलाको लागि जीवन उपयोगी सीप हो । यसबाट लाभान्वित हुनेछौँ,उनले भनिन । खाली भत्तामुखी र अनुदानमुखीको मानसिकता हटाउनुपर्नेमा जोड दिइन ।
पहिला घरमै उत्पादन भएको ऊन फाल्ने काम गरेका थियौं । अव सिप सिकेर सदुपयोग गर्ने र आयआर्जन बढाउने तर्फ लाग्ने छौँ । यो सीप महिलाको हितमा छ । उनले भनिन्,‘घरमा प्रसस्त ऊन पाउँछ । सीप नसिकेका कारण खेर गइरहेको थियो । ऊन खेर जान दिनेछैनौ । ’

त्यस्तै प्रशिक्षक धनपति बुढा सीप लिनु र दिनु सजिलो नभएको बताउछन । उनले भने, यसमा राज्यको ठुलो लगानी छ । अझै जुम्लामा कच्चापदार्थको समस्या छ । राज्यको अर्थतन्त्र रित्ताउनु हुदैन ।’यो सीप छिटोछरितो छ । गर्न सके फाइदाजनक छ । तर प्रयोग गर्न सक्नु महानता हो ।

हिमाली लेकमा भेडा पाल्नेका लागि यो सीप अनिवार्य छ ।तब सम्म समृद्धि संभव हुदैन । सीपको उपयोग गर्नु सबैको कर्तव्य हुन आउँछ । ’ उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले राज्यले गरेको लगानी खेर जान नदिन अपिल गरे ।सीपको उपयोग राम्रो संग गर्नुस । यस्तै थुप्रै अवसर आउने छन । उनले भने,‘ तर अनुदानको मुख ताक्ने प्रवृत्तिले प्रगति हुदैन । सीप सिकौँ उद्यमी बनौँ भन्ने मुल आसय हो । ’

कार्यक्रम संयोजक रविन्द्र रावलले तालिमको उदेश्य भनेको दिगो सीप आर्जन गर्नु रहेको बताए । सधैंभरि सरकारको सहयोग हुदैन् । दिएर पनि सम्भव हुदैन । उनले भने,‘ माछा मार्नु भन्दा माछा मार्ने जाल बुन्ने सीप सिकाइको छ । अब लाभदायक बनाउने तपाईंको हातमा छ । सीप सिक्नु नै दिगो विकासको एउटा पाटो भन्दै हरेक नागरिकले सिप सिक्न आबश्यक रहेको जुम्लाका सरोकारवालो बताएका छन ।

सम्बन्धित समाचार