कर्णालीमै मृर्गौला प्रत्यारोपण हुने

वीरेन्द्रनगर :  कर्णाली प्रदेश अस्पतालमा मृर्गौला प्रत्यारोपण सेवा सुरु गरिने भएको छ । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र प्रदेश अस्पतालबीच सम्झौता भएको छ ।

बिहीबार यहीँ आर्थिक वर्षदेखि सेवा सुरु हुने गरी प्रत्यारोपण केन्द्रका निर्देशक डाक्टर पुकारचन्द्र श्रेष्ठ र कर्णालीको प्रदेश अस्पतालका निर्देशक प्रा.डा.डम्बर खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्  ।

सम्झौता पत्र हस्ताक्षरपछि कर्णालीको प्रदेश अस्पतालका निर्देशक प्राडा खड्का भन्छन् – ‘कतिपय भएपनि केही जनशक्ति जुटाउनु छ । अन्य स्रोतसाधनको पनि कमी छ । यसमा हाम्रोे तयारी निरन्तर छ ।’

प्राडा खड्काका अनुसार, राष्ट्रिय प्रत्यारोपण केन्द्रसँग  कर्णाली प्रदेशका अरु विभिन्न अस्पतालमा डायलासिस सेवा विस्तार गर्ने,  प्रदेश अस्पताल सुर्खेतमा मृर्गौला प्रत्यारोपण सुरु गर्ने लगायतका विषयमा सहमति भएको छ ।

सम्बन्धित समाचार