विपदमा नेपाली सेनाको अभ्यास

जुम्ला ः नेपाली सेनाले प्रतिकार्य क्षमता अभिवृद्धी गर्न लिएको पहल कदमीहरु नेपाललाई बिपद्बाट उत्थानशील समाजको रुपमा स्थापित गर्ने नेपाल सरकारको प्रयासलाई सहयोग गर्न नेपाली सेना प्रतिबद्ध रहेको पाइन्छ । सेना उद्धार तथा राहत कार्य संचालन गर्नको लागि आवश्यक दक्ष जनशक्ति उत्पाद आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नको लागि निम्न कार्ययोजना अबलम्बन गर्दै आईरहेको हो।

त्यस्तै नेपाली सेनाको नन्दबक्स गण र २४ नम्वर बाहिनी अड्डाले बिपद् व्यवस्थापन कार्यसंग सम्बन्धित बिभिन्न संस्था संगको समन्वयमा स्थानीयतह अभ्यास गराउदै आएको छ । सेनाले जिल्लामा हुने रहेका गोष्ठी सार्वजानिक कार्यक्रमा समेत नागरिकलाई बिपदको बिषयमा जानकारी दिर्दै आएको छ । बिपद् व्यवस्थापन बारे आवश्यक जानकारी हासिल गराउनको लागि नेपाली सेनाले हरेक स्थानीयतहमा बिपद भइहालेको खण्डमा क्षेति कम हुने गरी उद्धारगर्नका लागी तिलागाउँपालिकाको ४ वडाको त्रिवेणीमा नागरिकको सहभागीतामा अभ्यास गराइएको छ ।

नेपाली सेनाको अगुवाइमा विपद व्यवस्थापन सम्बन्धी तिलामा दुई दिने बृहत अभ्यास गरिएको छ । सेनाले जुम्लामा हुने आग्लागी ,बाढी ,पहिरो कोभिडको महामारील जस्ता विपद बाट उद्धार छिटोछरीतो उद्धार गर्न सकिने सम्बन्धी अभ्यास गराइएको छ । तिलामा आयोजना गरिएको सो अभ्यासले विपदबाट जोगिन गरिने अग्रीम तयारी, विपदपछिको उद्धार, उपचार, पूनर्स्थापना र राहत वितरण जस्ता विषयमा जानकारी गराइएको छ ।

तिला याउपालिका ४ साँपुल्लीका बिरबहादुरशाहीले भने, यो अभ्यासले हामीलाई सचेत बनाएको छ । उनले भने,‘सरकारी तथा गैरसरकी संघ संस्थाका प्रतिनिधि प्रशासन आयर योस्तो अभ्यास गराएको पहिलो चोटी देखेको बताए । हाम्रो समाजमा बिपद् सम्बन्धी ज्ञान,सिक्न आबश्यक छ ।

त्यस्तै नन्दबक्स गणका गणपती रबिन थापाले जुम्लाआग्लागीका कारण विपदको दृष्टिकोणले उच्च जोखममा रहेको छ।
यसकारण सेनाको यो अभ्यासले विपद् व्यवस्थापनमा महत्वपूर्ण उपलब्धी हासिल गर्न सकिने छ ।गणपती थापाले उनले भने,“नागरिकलाई नै यस्ता अभ्यासमा सहभागी गराएको खण्डमा सुरक्षित आगो निभाउन सक्ने बताए । उनका अनुसार उक्त अभ्यासमा क्रममा दुर्गम क्षेत्र आधार बनाई सो स्थानमा जान सक्ने दक्षजनशक्ति त्यसको व्यवस्थापनका विषयमा पनि अभ्यास गरिएको थियो ।

विपद् व्यवस्थापनमा सरकारी तथा गैर–सरकारी निकायबीचको समन्वय, सुरक्षा निकायबीचको सञ्चार आदान प्रदान र समन्वयकारी भूमिका, घाइतेको उद्धार, उपचार, राहत वितरण जस्ता विषयलाई प्राथमिकतामा राखिएको हो ।

त्यस्तै अभ्यास कार्यक्रममा जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाइले जुम्लामा बाढी, पहिरो, डुबान, सवारी दुर्घटना, भूकम्प, हिम पहिरो, आगलागी, ग्यास सिलिण्डर सेप्टी ,चट्याङ र सरुवा रोगको माहामारी जस्ता विपद भइरहने भएकाले यस किसिमको अभ्यासले त्यस्ता विपदको न्यूनीकरण गर्न सहयोग पुग्ने बताईन।उनले भनिन,‘नेपाली सेनाको नन्दबक्स गणले नागरिक बिच गरेको विपद् जोखिम न्यूनीकरण अभ्यासले क्षमताका साथ अतिरिक्त फिल्डमा काम गर्न सजिलो बनाउनेछ ।

जुम्लाका प्रहरी नायव उपरिक्षक नरेन्द्र चन्दले प्राकृतिक विपद् मानव समुदायका लागि काल भएर आउने भएकाले नेपाली सेनाको कमाण्डले विभिन्न ठाउमा सुरक्षा निकायसँग यस किसिमको अभ्यास सञ्चालन गर्दै आएको बताए ।उनले विपदले धनजनका अतिरिक्त मुलुकलाई नै आर्थिक संकटमा पार्ने भएकालेनागरिकले यस्ता विपदसँग लड्न सक्ने क्षमताको विकास गर्न जरुरी रहेको छ ।

त्यस्तै अभ्यासमा जनप्रीतिनिधि कर्मचारी, सेना, प्रहरी, सशस्त्र प्रहरीहरुको सहभागिता रहेको छ । एकतावद्ध हुनु नै विपद् व्यवस्थापनको प्रभावकारिता हुनेमा तिलाका नागरिकले जोड दिएका छन् ।