स्वीस राजदूत र कर्णालीका मन्त्री बिच छलफल

जुम्ला ःकर्णाली प्रदेशको पूर्वाधार विकासमा स्वीटजरल्याण्ड सरकारका राजदूतले विशेष चासो व्यक्त गर्नु भएको छ । कर्णालीको सडक, पुल लगायतका पूर्वाधार विकासलाई दुर्त गतीमा अघि बढाउन स्वीस सरकारले चासो राखेका हुन ।
आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाही,भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदम रोकाया र नेपालका लागि स्वीटजरल्याण्ड सरकारका महामहीम राजदुत जोन हडाबीचको भेटमा स्वीस राजदुत एलिजाबेथ भोन क्याप्लरले कर्णालीको पूर्वाधार विकासमा विशेष चासो व्यक्त गरेका हुन ।

मोटरेवल स्थानीय सडक पुल कार्यक्रमको निर्देशन समितिको बैठकका अवसरमा स्वीस राजदूत र मुख्यमन्त्री शाही सहित भौतिक पूर्वाधार मन्त्री, मन्त्रालयका सचिव तथा पूर्वाधार विभागका प्रतिनिधिसँग छलफल भएको छ ।
स्वीस सरकारको प्राविधिक सहयोग कर्णालीमा लागु स्थानीय सडक पुल कार्यक्रमको चौथो चरणको योजना अन्तिम चरणमा छ । छलफलमा बोल्दै स्वीस राजदूत एलिजाबेथ भोन क्याप्लरले कर्णालीको पूर्वाधार विकास स्वीस सरकारको प्रथामिकतामा रहेको बताए ।

कर्णाली प्रदेश सरकारलाई लगानीमैत्री योजना तयार गर्न सुझाब दिदै कर्णालीको पूर्वाधार विकासमा स्वीस सरकार थप आर्थिक तथा प्राविधिक सहयोग गर्न तयार रहेको उनको भनाई छ ।स्वीस राजदुतले कर्णालीको पूर्वाधार विकास प्रति देखाएको चासोले विकट कर्णालीको पूर्वाधारले गती लिने आशा गरिएको छ ।

यता कर्णाली सरकारले प्राथमिकतामा आधारित लगानीमैत्री योजना तयार गर्न थालेको छ । भौतिक पूर्वाधारतर्फ सडक र पुल निर्माणको लागि प्रदेश सरकारले प्राथमिकतामा आधारित लगानी योजना तयार गर्न लागेको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री पदम बहादुर रोकायाले बताए ।

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले विकासलाई तिब्रता दिन प्राथमिकतामा आधारित लगानी योजना महत्वपूर्ण रहेको बताए । साथै उनले लगानीको चिन्ता नगरी विकास निर्माणका योजना कार्यान्वयनमा कर्मचारीलाई लापारवाही नगर्न निर्देशन निर्देशन दिए ।
उनले भने,“लगानी योजनाबारे आइतबार स्वीटजरल्याण्ड सरकारका राजदूत संग छलफल भयो । कर्णाली सरकार तत्काल लगानीमा आधारित योजना बनाउन तयार छ । लगानी गर्नुहोस भन्यौ । कर्णालीको पूर्वाधार विकासलाई गती दिने आधार तय गर्ने बाटो खुलेको छ ।”
पूर्वाधार विकासले गती लिन्छ ः मन्त्री रोकाया
कर्णालीका भौतिक पूर्वाधार मन्त्री रोकायाले लगानी योजना निर्माणले प्रदेशको सडक सञ्जालको विकास तथा विस्तार कार्यले तिब्रता लिने विश्वास व्यक्त गरे ।प्रादेशिक सडक गूरु योजना (पीटीएमपी) को स्वीकृतिको लागि अविलम्ब पहल गर्ने, प्रादेशिक लोकमार्ग ऐन लगाएतका ऐन नियमहरु तयार गरी स्वीकृति गर्ने तथा सडक, पुल सम्बन्धि मापदण्ड एंवम नम्र्सहरु निर्माण गरी सडक पुल निर्माणको लागि प्राथमिकतामा आधारित लगानी योजना तयारी गर्ने उनको भनाई छ ।

उनका अनुसार प्रादेशिक लोकमार्गको विकास निमार्ण एंवम व्यवस्थापन तर्फ अगाडी बढीरहेका छौ । प्रयाप्त पूर्वाधार विकास बिना कर्णालीको समृद्धी सम्भव नभएकोले बाह्य तथा आन्तरिक लगानी मार्फत विकासमा जुट्ने उल्लेख गरे ।
भौतिक मन्त्रालयले यस बर्ष कर्णालीमा ७ वटा पुलको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य अनुसारकाम गरिरहेको छ ।

यी पुलहरु सम्पन्न गरी भुत्तानी गर्न अपुग रकमको मन्त्रालयले आवश्यक व्यवस्था गर्न लागि परेको मन्त्री रोकायाले बताए
साथैमन्त्री रोकायाले स्वीस सरकारले कर्णाली प्रदेश सरकार र खासगरी भौतिक मन्त्रालयलाई सडक, पुल निर्माण जस्तो महत्वपूर्ण एंवम प्राविधिक कार्यमा सहयोग गरेकोमा आभारी छु । कार्यक्रमममा कर्णालीका १० वटै जिल्लाका पूर्वाधार कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो ।