जुम्लाका सबै स्थानीय तहमा माओबादीले चुनाव जित्नुपर्छ ः प्रदेश इन्चार्ज मल्ल
जुम्ला ः नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका कर्णाली प्रदेशका इन्चार्ज काली बाहादुर मल्लले देश र जनताको रक्षाका लागि माओबादी केन्द्रले जुम्लाका सबै स्थानीयतहमा निर्वाचन जित्नुपर्ने बताएका छन्। उनले शनिबार माओवादी केन्द्र जिल्ला समन्वय समिति जुम्लाले आयोजना गरेको राजनितिक , बैचारीक ,प्रशिक्षण तथा २ महिने चुनावी अभियानको उद्धघाटन कार्यक्रममा यस्तो बताएका हुन। मल्लले देश, जनता, संविधान र लोकतन्त्रको रक्षाका निम्ति आफूहरूले निर्वाचनमा विजयी हुनुपर्ने बताए। माओबादीले हारे नेपाली जनता, नेपाल राष्ट्र र माओवादी केन्द्रलाई हानि हुने भएकाले जनताको हक अधिकारको लागी जसरी पनि जित्नुपर्ने उनको तर्क छ।
त्यस्तै माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले खतरा अझै माओबादी अझै खतरामा रहेको बताए । उनलेभने, तर हार्ने छैनौँ । सबै ठाउमा जित्ने छौँ । उनले भने, प्रतिगमनकारीहरू माओवादी केन्द्रलाई सखाप पार्ने षड्यन्त्रमा रहेकाले घर–घरमा गएर जनतामाझ जोडिन नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
त्यस्तै माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा पुर्व अन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जनयुद्ध र जनआन्दोलनमा गाँस काटेर हामीलाई पाल्ने जनतामा जोड्ने गरी अबका अभियान थाल्न निर्देशन दिए। उनले भने,“साथीहरू यो निर्वाचनलाई सानो नठान्नुहोला, हामीले हा¥यौँ भने संविधन र गणतन्त्र नै हार्नेछ, जनयुद्ध र शान्ति प्रक्रियाले नै हार्ने भएकाले यो निर्वाचन जसरी पनि हामीले जित्नैपर्छ। उनले भने,“अबको ५५ दिन पछि जुम्लाका सबै स्थानीयतहमा माओबादी केन्द्रको झण्डा फरफराउने छन ।
त्यस्तै प्रतिनिधिसभा सदस्य सांसद गजेन्द्र बहादु महतले “मुलुकमा गणतन्त्र विरोधीहरू अझै सक्रिया भएकाले सचेततापूर्वक अधि बढ्न आग्रह गरे। उनले भने, माओबादी सर्वहारा वर्गको पाटी हो । त्यसैले माओबादी केन्द्रको नेतित्व जनता मुखी हुनु पर्छ । स्वार्थ रहित बनेर जनताको सेवामुखी बन्न नेता तथा कार्यकर्तालाई आग्रअ गरे ।
त्यस्तै माओवादी केन्द्र जिल्ला समन्वय समिति जुम्लाका अध्यक्ष तथा प्रदेश सहसचिव बिरबहादुर कुंवर (सुरेश पाहाडीले ) सिंहदरबारलाई गाउँ–गाउँमा पु¥याउन माओबादी केन्द्रको उपलब्धी भएको बताए । उनले भने,‘हामीले संविधान बनायौँ।”े देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउन हजारौँ नेपाली जनताका छोराछोरीले रगत बगाएको स्मरण गराए। शान्ति सम्झौता पछि मुलुकमा सङ्घीयताको ढोका खुलेको उनले बताए।














