जुम्ली नागरिक अधिकारीको बिपन्नलाई उपहार

जुम्ला ः जुम्लाको हिमागाउपालिका निवासी उमाकान्त अधिकारी आफ्नो ज जिल्लामा आउदा उपाहार ल्याएर आउने गरेका छन । उनले गत साल जुम्लाका आउदा अफ्नो ठाउमा चौकी स्थापना गरे । यस पटक उनले न्यानो कपडा लिएर आएका थिए ।
जुम्ला हिमा गाउँपालिका १ निवासी दत्तबहादुर शाहीले काठमाण्डौका सहायक प्रमुख जिल्ला अधिकारी उमाान्त अधिकारी गाउँमा आउदा केही न केही उपाहार ल्याएयर आउने गरेको बताए । उनले भने, धेरैले उनी उमाकान्त अधिकारी गाउँमा पुग्दा प्रशंसा गरिरहेका हुन्छन् । त्यहा सबै स्थानीयले गाउँको छोरा आएको महशुस गर्ने गर्दछन ,। गाउको छोरा गाउँमा आउदा अधिकारीलाई पटक पटक फुलमालाले स्वागत गर्दै आएका छन् ।

यसपटक पनि उनले न्यानो कपडा वोकेर काठमाण्डौबाट गाउँ पुगेपछि स्वागत गरियो ।सहायक प्रजिअ अधिकारीलाई स्वागत मात्रै नभई उनले गाउँभरीका नागरिकलाई यसपटक पनि न्यानो कपडा वितरण गरेर काठमाण्डौका समाजसेवी केही व्यक्तिहरुको साथमा जुम्ला पुगेर काठमाण्डौ फर्किएका थिए । जुम्लाको हिमा गाउँपालिका वडा नम्बर १ देवारगाउँका महिला, वालवालिका र ज्येष्ठ नागरिकलाई बिष्णु –मेघा फाउण्डेनका संरक्षक अधिकारीले न्यानो कपडा वितरण गरे ।

४ सय जनालाई न्यानो कपडा
संरक्षक अधिकारी रहेको बिष्णु–मेघा फाउण्डेसनबाट ग्रमिण्म भेगका चारसय जनालाई न्यानो कपडा बितरण गरिएको हो । जुम्ला हिमा गाउँपालिका निवासी तथा काठमाण्डौका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीद्धारा उहाँका स्वर्गिय बुवा बिष्णु अधिकारीको स्मृतिमा स्थापना गरिएको उक्त फाण्डेसन मार्फत बिभिन्न समाज सेवा गर्दै आएका छन ।
अधिकारीको जन्मस्थान सिञ्जा क्षेत्रको हिमा गाउँपालिका १ देवारगाउँका महिला, वालवालिका र ज्येष्ठ नागरिकलाई न्यानो ज्याकेट र टाउजर गाउँमै पुगेर बितरण गरेको हिमा गाउँपालिकाले बताएको छ ।

अधिकारी, हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाही, जिल्ला समन्वय समितिका सदस्य कल्पना परियार सहित स्थानीय वडा सरकार र सरोकारवालाहरु पुगेर न्यानो कपडा बितरण गरेपछि स्थानीय दंग परेका छन् । जुम्लामा अहिले पनि चिसो कायमै भएको हुदा न्यानो कपडाले राहात दिएकोमा स्थानीयले खुशी व्यक्त गरेका छन् ।

त्यस्तै न्यानोकपडा बितरण अभियानमा समाज सेवा गर्दै आउनु भएका व्यक्तिहरु समेत गाउँमा पुगेर न्यानो कपडा उपहार दिएका छन् । बिष्णु मेघा फाउण्डेसनलाई सहयोग गर्ने व्यक्तिहरु काठमाण्डौबाट तेज कुमार श्रेष्ठ, दिलबहादुर श्रेष्ठ, कृष्णबहादुर रजकले गाउँमै पुगेर बिपन्न नागरिकलाई न्यानो कपडा उपहार दिन पाउदा खुशी भएका छन् ।

अधिकारी यस अघि मुगु जिल्लाको प्रमुख जिल्ला अधिकारी, म्याग्दीको प्रमुख जिल्ला अधिकारी, जुम्लाको सहायक प्रमुख जिल्ला अधिकारी हुदै हाल काठमाण्डौंको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा काम गर्दै आएका छन ।
स्थानीय खम्बा शाहीका अनुसार यस भन्दा पहिला हिमा गाउँपालिकाको वडा नम्बर १ बड्कीमा स्थायी प्रहरी चौकी स्थापना भएको छ । अधिकारी गृहमन्त्रालयमा हुदा स्थानीयको माग अनुसार हिमा गाउँपालिका १ बड्कीमा स्थायी प्रहरी चौकी स्थापना सम्भव भएको र उद्धाटन गर्न उहाँ गाउँमा पुग्नु भएको स्मरण गरे ।

उनले पेशागत काम रहिरहदा थप सामाजिक काममा लागि रहने राष्ट्रसेवकमा उहाँ सावित हुनुहुन्छ । उहाँले वि.सं २०६४ सालमा जुम्लामा पहिलो सहायक प्रमुख जिल्ला अधिकारी हुदाको समय स्थानीय प्रशासनको तर्फबाट सिञ्जा क्षेत्रमा प्रशासनिक कार्य थालिनी गर्ने पहलमा स्थानीयको सहयोगमा ठूलो योगदान पुरयएका हुन ।

अधिकारीकै कारण जसका कारण आज सिञ्जा क्षेत्रमा ईलाका प्रशासन कार्यालय संचालन भईरहेको छ । अधिकारी जुम्लामा सहायक प्रजिअ भएकै समयमा कर्णाली राजमार्ग जुम्लामा बाटो पुगेको थियो भने नाग्म गमगडि राजमार्गको उद्धाटन भएको थियो । सुरक्षा समयन्त्रमा कर्णाली राजमार्ग छिटो पुरयाउनु पर्ने पहलमा तत्कालिन समयमा उहाँको बढि जोड थियो ।
्मुगुमा प्रमुख जिल्ला अधिकारी हुदा नाग्म गमगडि राजमार्गमा काम नगर्ने निर्माण व्यवसायीलाई कारवाही समेत गरेर बाटो सहज गर्ने प्रशासनिक भूमिका निर्वाह समेत गर्नु भएको र त्यहाँको सामाजिक कुरितिका विरुद्ध अभिायननै चलाएको स्मरण स्थानीयले अहिले पनि गरिरहेका छन् ।
अधिकारीले यसपटक वुवाको सम्झनामा फाउण्डेसननै स्थापना गरेर थप सामाजिक काम शुरु गर्ने गरेको हुन ।गाउँमा न्यानो कपडा बितरण गरेर पुग्नुभएका उहाँको कार्यक्रममा हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले कर्मचारी भएपनि गाउँको सामाजिक काममा सधै अग्रसर हुने हाम्रा गाउँका सिडियो साव भन्दै धन्यवाद ज्ञापन गरे ।
न्यानो कपडा पाएपछि गाउँवासीले धन्यवाद ज्ञापन गरेका छन् ।यसैगरी फाउण्डेसनले मुगु गमगडिका आगलागी पिडितलाई ७ ० वटा ब्लाङ्केट उपलब्ध गरेको छ । प्रजिअ अधिकारी यस अघि गृह मन्त्रालयको सूचना अधिकारी तथा सहप्रवक्ताको काम गरि सकेका छन ।