लागू औषध नियन्त्रणमा जुम्ला प्रहरीको अभियान

जुम्ला ः प्रहरी नायव उपरिक्षक नरेन्द्र चन्दले लागू औषध नियन्त्रणका लागि नेपाल प्रहरी क्रियाशील रुपमा लागेको बताए । उनले भने लागू औषध नियन्त्रणका लागि अभियनकै रुपमा प्रहरी परिचालन छ । उनले भने ,प्रहरीले यति वेला सडक सुरक्षा र लागू औषध नियन्त्रण गर्नेे अभियानमा छ । यो एक्लै सम्भव हुदैन यसका सबैको साथ हुन जरुरी छ ।
उनले भने,”यहि फागुन १० गते चन्दननाथनगरपालिका ३ शान्तिनगर चेकिङ पोष्टमा खटिएको प्रहरीको टोलीले चन्दननाथ नगरपालिका वडा नम्वर १० बस्ने अन्दाजि २० वर्षको अर्चन बहादुर शाहीले चलाएको लु ७० प ८८५६ नम्वरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा सोहि मोटरसाइकलका चालक अर्चन बहादुर शाहीलाई खनतलासी गर्दा लागु औषध (चरेश ) जस्तो देखिने कालो पर्दार्थ भेटिएको बताए । उनका अनुसार शाहीले लागाएको कालो जिन्स पांइन्टको दायाँ तर्फको खल्तीमा सेतो प्याष्टिक भित्र ६ वटा पुरिया बनाइ लुकाइ छिपाइ राखेको अबस्थामा लागु औषध (चरेश ) जस्तो देखिने कालो पर्दार्थ भेटिएको भेटिएको हो ।
प्रहरीका अनुसार चन्दननाथ नगरपालिका ४ भारतीवडा पसल गरी बस्ने अन्दाजि वर्ष २८को दान बहादुर बुढा बाट खरिद गरिएको भनि खुल्न आएको बुझिएको थियो । जुम्ला प्रहरीले आफ्नो कार्यलयबाट टोली खटाइ खनतलासीको लागी दान बहादुर बुढाको पसलमा पठाएको थियो । त्यो क्षेत्रमा खठाइएको प्रहरीको टोलीले सेतो सादा कागजमा २२ वटा पुरिया बनाइ लुकाइ छिपाइ राखेको लागु औषध (चरेश ) जस्तो देखिने कालो प्रदार्थ फेला पारि बरामद गरि प्रहरी हिरासदमा राखिएको जुम्लाका प्रहरी निरिक्षक युवन चौधरीले बताए । उनले भने प्रहरीले यस बिषयमा गैहिरो अनुसन्धान अगाडी बढाएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालयले यहि फागुन २२ गते लागु औषध (ब्राउन सुगर ) सहित २ जनालाई प्रकाउ गरेको छ । चन्दननाथ नगरपालिका वडा नम्वर ५ बजार स्थित उद्योग बाँणिज्य संघको गेट अगाडी पक्की सडक खण्डमा बिषेश सुचनाको अधारमा चन्दननाथ नगरपालिका वडा नम्वर १० गैरागाउ बस्ने अन्दाजी षर्व २६को राजु न्यौपाने र सोही ठाउ वर्ष १८को बिजया महरीलाई शंकास्पद अबवस्थामा फेला परेको हो।
प्रहरीले उनीहरुलाई सोदपुर्छ नर्ग खोदा राजु न्यौपाले आफ्नो खल्तीबाट हरियो प्यालाष्टिकको टुक्रामा पुरिया बनाइ राखेको लागु औषध (ब्राउन सुगर )जस्तो देखिने खैरोरंगको धुलो पर्दाथ फेला परेको प्रहरी निरिक्षक युवन चौधरीले बताए । उनले भने, निज बिजया महरीको साथमा लागु औषध (ब्राउन सुगर ) खरिद गर्ने भनेर राखेको चार हजार पाँच सय नगद रुपैया समेत बरामद गरिएको छ । उनीहरुलाई प्रहरीले अनुसन्धानको लागी हिरासदमा राखिएको छ ।
त्यस्तै पछिल्लो समयममा जुम्ला प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम चलाएर अपराधी र अभियुक्त नियन्त्रणमा साथ दिन अपिल गरिएको प्रहरी नायव उपरिक्षक नरेन्द्र चन्दले बताए । उनले भने,”विकृतिजन्य कृयाकलाप नगर्न र अपराधमुक्त समाज निर्माणका लागि अग्रसर हुन समेत आग्रह गरिएको छ ।
अहिले समुदाय र प्रहरी बीचको सम्बन्ध निकै राम्रो छ। अपराधीक क्रियाकलाप रोक्न साथ मिलेको छ, प्रहरी नायब उपरीक्षक चन्दले भने, प्रहरीको पहिलो लक्ष्य शान्ति सुरक्षा अमनचयन नै हो। यो कार्यमा दृढ छौं। कुनै अपराधीको तीन पुस्ते नखुलेको र ठेगाना अस्पष्ट भएकोले खोजी कार्यमा कठिनाइ हुने गरेको छ। यो संगैं लागू औषध नियन्त्रण, बालविवाह, बहुविवाह, जारी प्रथा, छाउपडी प्रथा,जुवातास, जाँडरक्सी नियन्त्रणका साथै चोरीडकैती जस्ता क्रियाकलाप नगर्न प्रहरीले बिद्यालय स्तरमा सचेतना प्रदान गर्दै आएको छ ।









