मैले कसरी दिउ नारी दिवसको शुभकामना

महोदय।देशमा अनेक खालका परिबर्तनहरु भए दुई सय अठतिस बर्षिय राजतन्त्रको अन्य भयो देश लोकतान्त्रिक गणतन्त्रमा प्रबेश गर्यो पुरुषहरुको बर्जस्व भएको देशले महिला राष्ट्रप्रमुख पायो राज्यको ठुल्लठुला पोष्टहरुमा महिलाहरुको पहुच बढ्यो महिला अधिकारका लागि धेरै संघ संस्थाहरु खोलिए देशका कुनकुन सम्म महिला अधिकारको आवाज पुग्यो ती आवाजहरु पुर्याएकै कारणले कसै कसैले पिर्के सलामी समेत पाए तर पनि समस्या जहाँ को त्यहीँ रह्यो महिलाहरु माथी हुने शोषण दमन,

अत्याचार,बलात्कार जस्ता घटनाहरुमा कुनै परिवर्तन आएन,समस्या झन जटिल बन्दै गयो आगनीमा तोते बोली ताते पाइला संगै खेल्ने नबालिका छोरीहरुको भविष्य अझै सुनिश्चित हुन सकेको छैन भने मैले कसरी मनाउ नारी दिवस अनि मैले कसरी दिउ नारी दिवसको शुभकामना महोदय।

बिश्वको जनसंख्या घटबढ हुने क्रममा धेरै आमाहरुको कोख भित्र अंकुराउदै गरेका ति कोपिलाहरु र आँगनीमा बिहानीको उषाकिरण संगै फक्रदै गरेका ती सुगन्धित फुलहरुलाई ती पर्दोषित हावाका झोक्काहरुले कति खेर कहाँ उडाएर फ्याकिदिन्छ भन्ने डर त्रास अझै यथावत नै छ १ पटक पटक संरकार परिबर्तन भयो धेरै कानुनहरु संसोधित भए महिला हकहितका लागि डलरको खेति गर्ने हरु धेरै देखा परे चर्का चर्का नारा लगाउनेहरुको लहरै लाग्यो महिला अधिकारका लागी अभियानकर्ताहरुको बाक्लो लर्को लाग्यो तर।

कसैले सम्झेनन् बलात्कार पछि हत्या भएका नबालिका छोरीहरुको आमाहरुलाई र तिनका परिवारहरुलाई निर्मला पन्त,भागीरथी भट्ट लगाएत हजारौ छोरीहरुले न्याए पाउन सकेका छैनन् कतिपय यस्ता घटनाहरु छन ती यौन पिपासुहरुले भित्र भित्रै पैसाको बार्गेनिङ गरेर लुकाएको भेटिन्छ नेपाल आमाको छाति माथी ती नरपिचास यौन पिपासुहरुले घुडा टेकिरहेको बेला मैले कसरी मनाउ नारी दिवस अनि कसरी दिउ नारी दिवसको शुभकामना महोदय।

आज समाजलाई सहि मार्ग दर्शनको खाँचो छ त्यो सिंहदरवारमा बनेका महिला कानुनहरु जनताको झुपडी सम्म पुग्न कति समय लाग्छ त्यो त समयले बताउला महोदय, बस एकपटक देशका गाउँ बस्तिहरु सम्म पुगेर चालिस,पचास उमेर नाघेका आमाहरुलाई सोध्नु होस, नारी दिवस भनेको के हो आमा भनेर जवाफमा आउनु हुने छ, थहाँ छैन बाबू ११ अनि सोच्न बाध्य हुनुहुने छ भरमको बिज रोपेर डलरको खेति नगर्नु साहेब महिला आरक्षणको नाममा लुटको राजनिती नगर्नु होस साहेव हामी धेरै निरास भै सक्यौ समाज परिवर्तन भएको छैन यहाँ ती नरपिचासहरुको सोच बिचार परिवर्तन भएको छैन निर्मला,भागिरथी लगाएत हजारौ बलात्कृत चेलीहरुको चित्कारले हामीलाई निदाउन दिएको छैन भने भन्नू होस।।मैले कसरी मनाउ नारी दिवस अनि मैले कसरी दिउ नारी दिवसको शुभकामना ,महोदय ।

मैले कसरी दिउ नारी दिवसको शुभकामना  दीपक नेपाली कुशे गाउपालिका २ ,जाजरकोट

सम्बन्धित समाचार