स्वास्थ्यकर्मीको प्रधानमन्त्रीलाई ज्ञापनपत्र

जुम्ला ःबिभिन्न स्वास्थ्य संस्थामा कार्यरक्त स्वाथ्यकर्मीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन ।राष्ट्रिय स्वास्थ्यकर्मी,संघ नेपाल जिल्ला कार्यसमिति जुम्लाले सबै किसिमका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीलाई नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक तत्काल उपलव्ध गराउन माग राख्दै जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाइ मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाइ ज्ञापनपत्र बुझाएका हुन । कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिएमसि) जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईले स्वाथ्यकर्मीको माग शम्बोधनका लागी सम्बन्धी निकायमा पठाउने बताइन ।

स्वस्थ्य बिमा बोर्ड जुम्लाका जिल्ला संयोजक कमल रावत तथा राष्ट्रिय स्वास्थ्यकर्मी संघ जुम्लाका अध्यक्ष गणेश नेपाली मार्फत बुझाएको ज्ञापन–पत्रमा भनिएकोछ । “ नेपाल सरकारले कोभिड विरुद्धको महामारीमा खटिने स्वास्थ्यकर्मीलाई दिने भनिएको जोखिम भत्ता हालसम्म पनि पुरा नदिएकाले तुरुन्त दिने व्यवस्था गर्न, स्वास्थ्य संस्थामा स्वास्थ्य सेवा र खोप सेवा प्रदान गर्न खटिने स्वास्थ्यकर्मीलाई पर्याप्त स्वास्थ्य सुरक्षा सामग्रीको व्यवस्था र निःशुल्क पिसिआर परीक्षणको व्यवस्था गर्न भनिएको छ ।
यस्तै, खोप केन्द्रहरुमा देखिएको भिडभाड नियन्त्रणका लागि पर्याप्त मात्रामा स्वयंसेवक तथा सुरक्षाकर्मीको परिचालनको व्यवस्था गर्न, खोप वा स्वास्थ्य सेवा प्रदान गर्दा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा हुने भिडभाड, तोडफोड र हातपात गर्नेहरुलाई कारबाही सँगै पिडित स्वास्थ्यकर्मी र संस्थालाई क्षतिपुर्तीको व्यवस्था गर्न लगायतका माग गरिएको छ ।
कोरोनाभाइरस फैलन नदिन सरकारलाई संवेदनशील बन्न आग्रह गरेको छ । कोरोना भाइरस समुदाय स्तरमा विस्तार भइसकेकाले संवेदनशील बन्न आग्रह प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वास्थ्यकर्र्मी संघले अपिल गरेको छ । आईतबार बुझाइएको ज्ञापनपत्रमा संघसँग सम्बन्धित विषय समेटिएका १५ बुँदे विभिन्न माग समेत पेश गरिएको छ । कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिएमसि) जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी मार्फत बुझाइएको ज्ञापन पत्रमा भनिएको छ, “सरकारी निजी सामुदायिक र अध्ययन संस्थानहरूमा कार्यरत सबै स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई नेपाल सरकारले तोकेको न्यूनत्तम र पारिश्रमिक तुरुन्त उपलब्ध गराइयोस ।

कोरोना महामारीमा खटिने स्वास्थ्यकर्मीलाई दिने भनिएको जोखिम भत्ता हालसम्म पनि नदिएको गुनासो संघको छ । आइतबार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डिसिएमसि,जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र पठाउँदै स्वास्थ्यकर्मी संघले सरकारी, निजी, सामुदायिक र अध्ययन संस्थानहरुमा कार्यरत सबै खालका स्वास्थ्यकर्मी र कर्मचारीलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक तत्काल उपलव्ध गराउन माग गरेको हो । तोकिएको सेवा सुविधा उपलव्ध नगराउने स्वास्थ्य संस्थालाई कारबाहीको दायरामा ल्याउन राष्ट्रिय स्वास्थ्यकर्मी संघले सरकार समक्ष आग्रह गरेको छ ।
राष्ट्रिय स्वास्थ्यकर्मी संघले अस्पताल र स्वास्थ्य संस्थामा काम गरिरहँदा संक्रमित भएका सबै स्वास्थ्यकर्मीका लागि उचित आइसोलेसनको व्यवस्था गर्न, संक्रमित स्वास्थ्यकर्मीहरुको निःशुल्क औषधि उपचारको व्यवस्था गर्न, सम्पूर्ण स्वास्थ्यकर्मी र अग्रस्थानमा खटिने कर्मचारीको यथाशिघ्र बीमाको व्यवस्था गर्न माग गरेको छ ।

सम्बन्धित समाचार