बारागाउँकी एक किशोरी भिरबाट लडेरे मृत्यू

जुम्ला ः जुम्लामा एक किशोरीबमे भिरबाट लडेर मृत्यू भएको छ । जुम्लाको तातोपानी गाउँपालिका ७ बारागाउँ निवासी १८ बर्षिय सविता रावतको मृत्यू भएको हो ।उनको आईतवार बिहान मृत्यू भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अस्पतालका नर्सिङ निर्देशक सविना थापाका अनुसार प्रतिष्ठानको आईसियूमा उचारको क्रममा आईतवार विहान मृत्यू भएको हो ।

उनी भिरबाट लडेर वेहोस अवस्थामा शुक्रवार राति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा वेहोश अबस्थामा पतालमा पुरयाईएको थियो । उनले होश नआएर मृत्यू भएको होे ।मृर्तका आफन्त धनसिंह रावतका अनुसार शुक्रवार वनमा जडिबुटि कोर्न गएको समयमा भिरबाट लडेर घाइते भएको बताए । उनले कर्णाली स्वास्थ्य विज्ञान

प्रतिष्ठान शिक्षण अस्पतालमा लिएर आईसियूमा राखिएको थियो । होस नआएपछि मृत्यू भएको हो ।
आफन्तका अनुसार मृर्तक किशोरी चन्दननाथ नमुना माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययन थिईन । यता अस्पताल प्रहरीका अनुसार आफन्तले मृतक किशोरीको अन्तिम सस्कार गरिएको बताइएको छ ।

सम्बन्धित समाचार