प्रतिष्ठानका ३० जना स्वास्थ्यकर्मीमा कोरोना

जुम्ला ःकर्णाली स्वास्थ्य विज्ञान विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका ३० जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक चिकित्सक राजीव शाह सहित ३०जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।प्रतिष्ठानका मेडिकल रेकडर मेघराज बुढाका अनुसार अहिले ५२ जनालाई कोरोना संक्रमण भएको छ । जस मध्य ३० जना कर्णाली प्रतिष्ठानका पदाधिकारी स्वास्थ्यकर्मी, कर्मचारीलाई कोरोना संक्रमण भएको छ ।
मेडिकल रेकडर बुढाका अनुसार लक्ष्यण देखिएका स्वास्थ्यकर्मीलाई परीक्षण गराउने तर अन्यलाई नगराउने गरिएको छ । सवैलाई परीक्षण गराउनेहो भने अस्पताल प्रभावित भएकाले सतर्कता अपनाईएको हो ।प्रतिष्ठानले गरेको पिसिआरबाट १५ जना र एन्टिजेन ३७ बाट कोरोना देखिएको हो ।

कोरोनाको तेस्रो लहरमा १सय ७ जनामा कोरोना परीक्षण गरिएको थियो । जसमा एन्टिजेनबाट ९० जना र पिसिआरबाट १७ जनामा परीक्षण गरिएको बताइएको छ । त्यस्तै प्रतिष्ठानको आईसोलेशनमा चार जना व्यक्ति उपचाररत्त छन । जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाइले स्वाथ्यकर्मीको अवस्था बुझी तत्काल बिपदको बैठक बस्ने बताइन । उनले स्वास्थ्य कर्मी कोरोना संक्रमित भएको अबस्थामा स्वास्थ्य सेवानै प्रभाबित हुने भन्दै उनिहरुको अवस्था बुझ्ने बताइन ।
जुम्लामा संक्रमणको पहिलो लहरमा ११ हजार ६ सय ६३ जनाको कोभिड परीक्षण भएको थियो । यसमध्ये ४ सय ६३ जनामा संक्रमण देखिएको थियो ।

त्यस्तै दोस्रो लहरको संक्रमण जुम्लामा २०७८ वैशाखदेखि देखिएको हो । ३ हजार ८ सय २१ जनाको पिसिआर परीक्षणमध्ये १ हजार २ सय २४ संक्रमण देखिएको थियो भने ३ हजार ८ सय २ जनाको एन्टिजेन परीक्षणमध्ये ४ सय ५६ जना संक्रमित भएका थिए ।

जम्मा १ हजार ६ सय ८० जना संक्रमितमध्ये २३ जनाको संक्रमणका कारण मृत्यु भएको जनस्वास्थ्यको तथ्यांकमा उल्लेख छ । जिल्लामा ५० हजार ९ सय ८५ जनाले पहिलो डोज कोभिडविरुद्धको खोप लगाएका छन् । पूर्ण डोज खोप लगाएका ३३ हजार ६ सय ४५ जना रहेका छन् ।