विपदबाट जोगाउने टिम तयार बनाउदै तिलागाउँपालिका

जुम्ला ःपछिल्लो समयमा विपदबाट जोगिनको लागि तिलागाउपालिकाले समुदाय स्तरमै बिपद प्रतिकार्य सम्बन्धी टिम तयार गर्न थालेको छ ।युएस आईडीको आर्थिक,सहयोग,मोर्सिकोर,नेपालको समन्वय , तथा किर्डाक नेपालको,साझेदारीमा बिपद प्रतिकार्यका लागी सामुदायिक, पहल सम्बन्धी ४ दिने तालिम मार्फत वडा र पालिका स्तरमा बिपदको सामान गन टिम तयारी पार्न थालिएको हो ।

समुदायका व्यक्तिलाई विपद प्रतिकार्य गर्न समक्ष बनाउने हेतुले यो तालिम संञ्चालन गरिएको (मोर्सिकोर,नेपाल) भकारी परियोजना तथा बिपद् ब्यवस्थापनका सल्लाकार टिकाराम खड्काले बताए । उनले भने,‘ विपदमा पहिलो जिम्मेवार समुदाय नै हुने भएकाले तिलागाउ पालिका स्तरीय यस्तो तालिम संञ्चालन गरिएको हो ।
उनले भने समुदायले खबर गरेपछि मात्र सुरक्षाकर्मी परिचालन हुनेगर्छन ।

त्यसलै समुदायस्तरमा हुन सक्ने विपदबाट जोगिनको लागि समुदाय नै सक्षम हुनुपर्छ भन्ने हेतुले व्यवहारिक रुपमा तालिम दिइन थालिएको हो ।त्यस्तै तिला गाउपालिकाका उपाध्यक्ष बिष्णु बुढाले तिलामा पछिल्लो समय विपदका घटना बढिरहेका छन्। उनले भनिन् कुनै पनि बिपद बजा बजायर नआउने भएकाले हामीलाई बिपदको सामना गर्न चुनौति छ । उनले थपिन यस्ता चुनौति संग सजिलै लड्नका लागी तिलाका वडा अध्यक्ष , गाउपालिकाका कर्मचारी रेडक्रमका प्रतिनिधि ,महिला युवा लगायतको सहभागीतामा यो तालिम दिईएको बताइन । यो ४ दिने तालिम पछि यो सबै टिम बिपद्को संमाना गर्न सक्षम हुने छ ।

उक्त तालिममा कोरोना बाट मृत्यु भएका तथा बिपद बाट मृत्यु भएकाको शव व्यवस्थापन ,घाइतेको उद्धारका लागी प्रयोगआत्मक अभ्यास समेत गराइने छ ।प्राकृतिक तथा मानव सिर्जित दुवै प्रकारका विपद् तथा मानवीय सहयोग आवश्यक पर्ने अवस्थाहरुमा काम गर्नका लागी तिलागाउपालिकाले तालिम प्रप्त तयार पार्न थालेको हो । विपदबाट प्रभावित स्थानहरुमा परिवार तथा बालबालिकाहरुको जीवनरक्षाका लागि यो तालिम महत्वपुण हुने अपेक्षा गाउपालिकाले गरेको छ ।बाढि, पहिरो तथा भुकम्प, आग्लागी ,जस्ता प्राकृतिक प्रकोपहरुबाट जुम्ला उच्च जोखिममा छ।

जलवायु परिवर्तनका कारण खडेरी, बाढी तथा प्रतिकुल मौसम आइपर्नु जस्ता प्राकृतिक प्रकोपहरुको सम्भावना बढ्दै गएको छ । यसको फलस्वरुप महामारी र सुख्खापन फैलिनुका साथै समुदायको जनजीवन र कृषि उत्पादनमा प्रतिकुल असर पर्दै आएको पाइन्छ ।
भुकम्पको जोखिम पनि निकै छ। कोभिड महामारीले उग्ररुप लिदैछ। शव व्यवस्थापन चुनौति बनेको छ। यी सबैको विषयमा समुदाय आफै जानकारी हुन जरुरी छ ।कोरोना महामारीका कारण सरकारले २५ जना भन्दा बढि भेला नहुने आचारसंहिता बनाएको छ। जसका कारण यो तालिममा २४ जनाको सहभागी रहने मोर्सिकोर नेपालले बताएको छ । त्यही अनुसार समुदायका सहभागीलाई स्वास्थ्य सुरक्षा मापदण्ड समेत अपनाइएको छ ।

विपद कसैलाई सोधेर,समन्वय,सहकार्य गरेर आउँदैन। त्यसको लागि आफैँले पुर्वतयारीका क्रियाकलाप अपनाउनु आश्बयक रहेको छ ।यो तालिम यसअघि जुम्लाको तातोपानी गाउपालिका स्तरमा समेत गरिएको बताईएको छ । बाढी,पहिरो, आगलागी लगायतका विपदबाट जोगिनको लागि गर्न सकिने सबैप्रकारका अभ्यासका बारेमा यो ४ दिने तालिमका प्रशिक्षक  खगेन्द्र  राज जाेसि ,रतन टमटा ,सम्झना  खत्री ,गाैरीलाल बुढाथोकी  र समन्दर अधिकारीले  प्रशिक्षण दिने  छन ।

सम्बन्धित समाचार