सहयोगी संस्था नै कोरोना प्रभाबितको सारथी

जुम्ला ः कनकासुन्दरी गाउपालिका ७ की ३५ वर्षिया नन्ददेवी कामी बिपन्न तथा एकल महिला हुन । उनको साथमा ३ छोरी छन । उनी ज्याला मजदुरी गरेरै बिहान वेलुकाको छाक टार्दै आएका थिइन । बिश्वभर फैलिएको कोरोना भइरसले देश नै लकडाउन भयो । उनलाई लकडाउन पछि एक छाक खानाको जोहोगर्न ठिन भयो । नन्ददेवी कामी मात्रै होइनन् , त्यस्तै ज्यालामजदुरी गरेरै दैनिकी चलाउदै आएका धेरैलाई भोक कसरी मेटाउने भन्ने समस्याले चिन्तीत बनायो ।
त्यस्तै कनका सुन्दरी २ मालिकाबोता की जलु बिकको पनी ब्यथा उस्तै थियो । लकडानका कारण कुनै पनी काम नपाए पछि घरपरिवार कसरी भोकबाट बचाउने भन्ने चिन्नता थियो ।

उनले भनिन ,हाम्रो भगवान भनेकै आइ .एन . एफ नेपाल सस्था हो । उसले दिइएको ३ पटकको खाद्यन्नले हामी जस्ता बिपन्नको दैनिकी सहज बनाई दिएको छ । उनले थपिन ्,“हामीलाई खाद्यन्न लगायतको दैनिक आबश्यक बस्तु दियर ठुलो गुण लगाएको छ । जुम्लाका कोरोना प्रभाबितले संयुक्त रुपमा आई .एन .एफ नेपाल स्ांस्थालाई फेरी पनी बिपन्नहरुको आयआर्जनका क्षेत्रमा काम गर्न आग्रह गरेका छन ।

कोभिडमा राहत सामाजिक क्षेत्रको साथ, परोपकारी मनले बढाउ सहयोगी हात भन्ने मुल नाराका साथ , सि.बि. एम नेपाल जुम्लाको आर्थिक सहयोग , आई .एन .एफ नेपाल जुम्ला र राष्ट्रिय अपांग महासंघ कर्णाली प्रदेश लगायतको संयुक्त आयोजनामा जुम्लाका कोरोना प्रभाबित एकल महिला , गर्भवती , असाय बालबालिका , आपांगता भएका ब्यक्ति, बिपन्न र दिर्घरोगी लाई प्रथामिकतामा राखेर राहत बिरतरण गरेको आईएन एफ नेपाल जुम्ला, समावेशी कोभिड १९ तयारी तथा प्रतिकार्य योजनाका कार्यक्रम संयोजक फालुराम चौधरीले बताए।

उनले भने, यो राहत ३ वटा चरणमा बितरण गरिएका थियौँ । कोरोना भाइसरको पहिलो र दोस्रो लहरबाट प्रभाबितलाई लक्षित गरी राहत प्याकेज घोषणा गरेको थियो । उनले भने“,राहत दिनुपर्ने ब्यक्तीलाई स्थानीय तहले पहिचान गरेको हो । राहत बितरण सम्पन्न पछि हामीले राहत उपलब्ध गराउँदा उनीहरुको दैनिकमा भएको सहज र उनीहरुको यस स्ांस्था मार्फत आगामी दिनमा गरीएको अपेक्षाका बारेमा स्थलगत अनुगमन गरिएको हो । ,राहत पाएका सहभागी र त्यहाका सरोकारवाला संग सुझाव संकलनका लागी संयुक्त अनुगमन गरेका हौँ चौधरीले भने ।
अपांगता भएका व्यक्ति एकल महिला बढी प्रभावित

कोरोना महामारीले अपाङगता भएका व्यक्ति र एकल महिला बढी प्रभावित बनाएको पाइएको छ । आई .एन .एफ नेपाल जुम्लाले बिहिबार, शुक्रबार आयोजना गरेको संयुक्त अनुगमनका क्रममा यस्तो पाइएको हो। एन .एफ नेपाल जुम्लाले स्थानीय जनप्रतिनिधि, नेपाल पत्रकार महासंघ, अपांङग पुर्न स्थापना तथा बिकास केन्द्रको उपस्थितिमा कोरोना प्रभाबितहरुको अबस्थाको बारेमा संयुक्त अनुगमन गरेको हो ।

सोही क्रममा कोरोना महामारीले अपाङगता भएका व्यक्ति र एकल महिला बढी प्रभावित भएका छन । पाइएको आई .एन .एफ नेपाल जुम्लाका कार्यक्रम संयोजक फालुराम चौधरीले भने जुन सहमुहका व्यक्तिहरूलाई हामीले राहत दिएका थियौँ । सबै भन्दा बढी प्रभाबित त्यही सहमुहमा भेटिए । कोरोना भाइरस कोभिड १९को मारमा जुम्ला जिल्लाका ३ हजार २ सय ४८ जना अपांगता भएका व्यक्ति परेका छन्। उनीहरू कोरोना भाइरसको मार भोग्न बाध्य छन्।
कतिले पाए राहत

सिविएम नेपालको सहयोगमा आईएनएफ नेपालले राष्ट्रिय अपांग महासंघ नेपालसँग साझेदारीले ६० केजी चामल, दाल १५ केजी, खाने तेल ५ लिटर, नुन १ किलो, जिरा एक प्याकेट, चिनी ४ किलो, खुर्सानी १ प्याकेट, बेसार एक प्याकेट र सावुन २ लगायतका राहत ३ पटक बितरण गरेको छ ।
चन्दननाथ नगरपालिकाका १० वटै वडा र कनकासुन्दरी गरी दुई स्थानीय तहमा ५ सय ४५ जनालाई राहत वितरण गरेको छ। अपांगता भएका व्यक्तिलाई महामारीले झन सकस भएको भन्दै राहत दिइएको आईएन एफ नेपाल जुम्ला समावेशी कोभिड १९ तयारी तथा प्रतिकार्य योजनाका कार्यक्रम संयोजक फालुराम चौधरीले बताए। उनले भने ३ चरणमा गरेर १ कारोड , ६ लाखको राहत बितरण गरिएको छ ।

त्यस्तै अपांग पुनःस्थापना तथा विकास केन्द्र जुम्लाका उपाध्यक्ष कमला बुढाले कोरोना महामारीमा सिबिएमले राहत वितरण गरेर अलिकति भए पनि अपांगता भएका व्यक्तिलाई राहत भएको छ। उनले भनिन, अपांगता भएका व्यक्तिकाबारेमा सबै भन्दा पहिला सरकारले ध्यान दिनु पर्ने हो । तर दिएको छैन। उनले महामारीमा अपांगता भएका व्यक्तिका लागि अभिभावक बनेको भन्दै सविएम नेपाल, आईएनएफ नेपाल , र राष्ट्रिय अपांग महासंघ नेपाललाई आभार ब्यक्त गरिन ।

त्यस्तै कनका सुन्दरी गाउपालिकाका का.बां अध्यक्ष शेर बहादुर रावतले ‘अपांगता भएका व्यक्तिको जनजीवन अस्तव्यस्त भएको बताए । उनले भने यो राहतले अपांगता भएका व्यक्ति , बिपन्नको लागी प्रशंसनीय काम गरेको छ । उनले थपे सरकारले गर्ने काम यस संस्थाले गरेको छ । उनले सहयोगी संस्थालाई स्थानीय सरकारको तर्फत बाट आभार ब्यक्त गरे । उनले भने,“आगामी दिनमा सरकारले अपांगता भएका व्यक्तिका लागी राहतका कार्यक्रम ल्याउनका लागी पहल गर्ने छ ।

 

सम्बन्धित समाचार