उपमेयर न्यौपाने माक्स बितरण अभियानमा


जुम्ला ः चन्दननाथ नगरपालिकाका उपमेयर अप्सरा देवी न्यौपाने (महत) नागरिकलाई कोरोना भाइसको संक्रमणबाट जोगिन भन्दै माक्स बितरण अभियानमा जुटेकी छन । उनले कोरोना भाइसको तेस्रो लहरको जोखिमलाई मध्यनजर गर्दै जुम्ला बजारका नागरिकलाई माक्स बितरण गर्न थालेकी हुन ।

जुम्लाको बसपार्क ,कालेखोली ,ऐपोर्ट ,भारतीवाडा र अस्पताल क्षेत्रका माक्स नगायर हिड्डुल गर्ने नागरिकलाई सचेना स्वरुप माक्स बितरण गरिएको उपमेयर अप्सरा देवी न्यौपाने (महत)ले बताइन । उनले भनिन,“नारिकलाई सुरक्षित बनाउन मइकिङ गर्दै माक्स बितरण गरेका हौँ।

जुम्ला बजारका मात्रै नभइ आम नागरिकलाइ कोरोनाबाट जागाउन माक्स बितरण संगै सचेतना दिन आबश्यक छ । उपमेयर न्यौपाने भनिन् युनिसेफको आर्थिक सहयोग ,जिल्ला प्रहरी कार्यालय र नगरपालिकाको समन्वयमा झण्डै ३ हजार माक्स बितरण गरिएको छ ।

अहिले जुम्लामा समान किनबेचको लागी आउने नागरिकहरु माक्स लगाउन छोडिसकेका छन । यस कारणले पनी हामीले करिब तीन हजार मक्स बितरण गरिएका छौ । उनले भनिन् ,“ बजारमा माक्स बितरण गर्दै गर्दा ,धेरै स्थानीय अहिले माक्स नलगाएको पाईयो ।उनीहरुलाई पहिलो पटक माक्स दिर्दै घरबाहिर निस्कदा अनिबार्य माक्स लगाउन सुझाव दिइएको छ ।

जिल्ला प्रशासन कार्यालयले नागरिकलाई स्वाथ्य सुरक्षाका मापदण्ड पालना गर्न सुझाब दिदै आएको छ ।प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाइले भनिन् कुनै पनि नागरिक घरबाहरि निस्कदा माक्स लागाउने र सार्वजानिक सेवा लिन जादा खोप अनिबार्य लगायको हुनु पर्ने छ । हामीले यहि ७ गते भित्र खोप अनिबार्य लगाउन अनुरोध गरेका छौ । उनले भनिन् कोरोनाको खोप नलगाउने माक्स लगायर अटेरी गरेर हिड्नेलाई संक्रमाण रोग ऐन अनुसार कार्बाही गरिने छ ।

 

सम्बन्धित समाचार