जुम्लामा पार्किङ गरी राखेकाे ट्याक्टर चाेरी:कमजाेर बन्दै शान्ति सुरक्षा !

जुम्लामा ट्याक्टर चाेरी भएकाे छ । चन्दननाथ नगरपालिका ५ स्थित चन्दननाथ बसपार्क नजिक पार्किङ गरेर राखेकाे भे २ त १२७६ नम्बरकाे ट्याक्टर बुधबार राती चाेरी भएकाे हाे ।

विपिन टेड्रसका सञ्चालक विजय कुमार अग्रहरीकाे घर अगाडि राेकेकाे १ वर्ष पहिला खरिद गरेकाे राताे रंगकाे हाेल्याण्ड कम्पन्नीकाे ट्याक्टर पार्किङ स्थलबाटै चाेरीकाे निर्माण व्यवसायी सुमन खड्काले जानकारी दिए ।

उनले भने,”जुम्लामा यसरी डर लाग्दा चाेरीका घटना हुन थालेका छन् । २४ घण्टा प्रहरी डिट्युटिमा हुने स्थानबाटै पर्किङ गरि राखेकाे ट्याक्टर जस्ताे ठुलाे माल बहाक सवारि चाेरी हुनु प्रहरी माथि प्रश्न खडा हुनु हाे ।कसरी शान्ति सुरक्षाकाे महसशुश गर्ने । याेजनाबद्द चाेरी जस्ताे छ । जसरी पनि चाेर पत्ता लाग्नुपर्छ भन्ने माग छ । ”

खाेजीका लागि प्रहरीमा लिखित निवेदन समेत जानकारी दिएकाे खड्ककाे भनाई छ। उता ट्याक्टर मालिक अग्रहरीले सधै प्रहरीकाे ड्युटि हुने स्थानबाटै ट्याक्टर चाेरी हुनुले प्रहरी प्रशासनबाट पनि शान्ती सुरक्षाकाे प्रत्याभुति हुन छाेडेकाे बताए ।

यता डिएसपी नरेन्द्र चन्दले ट्याक्टर चाेरी जानकारी आए लागत्तै खाेज अनुसन्धान भईरहेकाे बताए । उनले भने,”रारालिहि चाैकी भन्दा बाहिर गएकाे देखिदैन् । कतै गाउँमा लिएर राखेकाे हुन सक्छ । सबै प्रहरी युनिटमा खबर भईसकेकाे छ