माओवादी केन्द्रको कर्णाली प्रदेश सम्मेलन आजदेखि
वीरेन्द्रनगर : नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेशको प्रथम सम्मेलन आजदेखि सुरु भएको छ । दुई दिने सम्मेलन अहिले केहीबेरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने तयारी छ । कर्णाली प्रदेशको यो अधिवेशनमा कर्णाली प्रदेशभरबाट ९ सय २ जना प्रतिनिधिहरु सहभागि हुनेछन् ।
‘आर्थिक समृद्धि र सामाजिक रुपान्तरणमा हाम्रो अभियान नयाँ क्रान्तिकारी विचार र पार्टी निमार्णका लागि कर्णाली प्रदेश सम्मेलन’ भन्ने मुल नारा अधिवेशनमा तयार पारिएको नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संगठन समितिले जनाएको छ ।
माओवादी कर्णाली प्रदेश संयोजकमा राजकुमार शर्माले दशैभरीका सातवटै प्रदेशमा एकै चोटी पार्टी अध्यक्ष प्रचण्डले उद्घाटन गर्ने बताए ।
संयोजक शर्माले द्धन्द्ध र जनआन्दोलमा घाइते भएका र समस्यामा परेका नागरिकका लागि उनिहरुको माग सम्बोधन गर्नको लागि पार्टीको नयाँ नेतृत्व वडा, पालिका हुँदै प्रदेशसम्म आइपुगेको बताए । साथै माओवादीले पुस ११ गतेदेखि १३ गतेसम्म पार्टीको राष्ट्रिय सम्मेलन गर्ने समेत जनाएको छ ।








