कर्णाली राजमार्ग सास्ती मार्ग होइन सेवा मार्ग बनाउन सांसद महतको माग

जुम्ला ः कर्णालीको राजधानी विरेन्द्रनगर सुर्खेतबाट दैलेख ,कालिकोट , जुम्ला र नाग्मा गमगडी हुदै राराताल जोडीएको सडक हो कर्णाली राजमार्ग। सुर्खेतबाट दैलेख, कालिकोट हुँदै कर्णाली नदिको किनारै किनार भएर जुम्ला पुग्ने मार्ग अर्थात कर्णाली राजमार्ग। विश्व बैंकको आर्थिक सहयोगमा निर्माण भएको राजमार्ग २०६३ चैत्रबाट सञ्चालनमा आएको थियो। कर्णाली राजमार्ग संञ्चालनमा आएपछि हजारौ नागरिकको दुर्घछनाबाट मृत्यु भयो ।
मृत्यु मार्गमा नाम करण भएको थियो ।
त्यस्तै मुगु जिल्लाको रारातालमा नेकपा निकटको सरकारले पर्यटन वर्ष घोष्णा समेत गरेको थियो । सरकारले नै प्रथामिकता दिएर पर्यटन वर्ष घोष्णा गरेको पछि नाग्मा गमगडी सडक खण्ड हुदै राराताल जाने नागरिकको संख्या बढ्यो । तर साँघुरो, हिलाम्य र खाल्डाखुल्डीका कारण राजमार्गमा यात्रा गर्ने यात्रुले वर्षेनी सास्ती खेप्दै आएकाछन । पछिल्लो समयमा नाग्मागमगडी खण्डमा हुने सडक दुर्घटनाले वर्षेनी सयौं यात्रुले ज्यान गुमाउनु परेको छ।
सडक मर्मत गुणस्तरीय नहुँदा यात्रु र चालकले सास्ती बेहोर्दै आएका छन्। ठाउँ–ठाउँमा सडक हिलाम्य बनेको छ भने कयौँ स्थानमा सडक भाँसिएको छ। राजमार्गको स्तरोन्नतिका लागि सरकारले वर्षेनी बजेट विनियोजन गरे पनि टालटुलमै सकिने गरेको भन्दै जुम्लाका प्रभावशाली र उर्जावान नेताका रुपमा चिनिने संघीय सांसद गजेन्द्रबहादुर महतले पंञ्चेबाजा बजाएर शान्तिपूर्ण यो आन्दोलन गरेका छन । उनले कर्णाली राजमार्ग कालोपत्रे गरिएको भए पनि खाल्डाखुल्डीले दुर्घटनाको जोखिम उच्च रहेको बताए। पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने कर्णाली राजमार्गमा गाडी चलाउन निकै सास्ती हुने गरेको छ । उनले भने साघुँरो सडक स्तरबृद्धीका लागि सरारलाई दवाब दिन पञ्चेबाजा अन्दोलन गरेका हुन ।
राजमार्गमा यात्रुहरु कष्टपूर्ण यात्रा गर्न बाध्य भएको बताए। ‘दुर्घटनाको जोखिम उच्च छ, राजमार्ग भनेर तोकिए पनि सडकको अवस्था बेहाल छ’, उनले भने। सामान्यतया एक दिनको यो बाटो पार गर्न वर्षातको बेला कालिकोटबाट सुर्खेत पुग्नै तीन दिनसम्म कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको उनले बताए। सडक विभाग पाटन ढोकाअघि पंञ्चेबाजा प्रदर्शन गरी मागपत्र पेस गरेका छन ।’ जसमा सुर्खेत जुम्ला कर्णाली राजमार्गका साथै नाग्म, सिँजा हुदै गमगढी जाने सडकको स्तरोन्नतीका लागि यथासिघ्र थालनी गर्न माग गरिएको छ ।जुम्लाका प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महत सड्क र बिधुतका बिकासका लागी काठमाण्डौैमा जुम्लाका पंञ्चेबाजाका नगरा सुनाएर सरकार बिउताउने पहिलो ब्यक्ति हुन ।
यी सबै समस्या बोकेर जुम्लाका संघीय सांसद गजेन्द्रबहादुर महतले सरकारसामु दबाबमूलक कार्यक्रम गरेका छन् । साविकको कर्णालीबाट हरेक सवालमा राज्य बेखबर भएको भन्दै देशको संघीय सांसदमा उनी निरन्तर कडारुपमा खबरदारी गर्दै आएका छन । आक्रोश पोखेर जनताको आवाज बोलिरहने सांसद महतले यो पटक फरक शैलीको आन्दोलनको स्वरुप लिएर काठमाडौं पुगेका हुन ।
‘सडकको अवस्था दयनीय हुनुमा राजनीतिक नेतृत्वको कमजोरी छ, पद र कुर्चीकै लागि लडाइँ गरिरहेका नेताले गरिब र विपन्न नागरिकको दुःख कहिल्यै बुझेनन उनले भने, ‘राजमार्गमा यात्रा गर्दा कहिलेसम्म सास्ती खेप्नुपर्ने हो थाहा छैन।’
सांसद महतले तयार पारेको ज्ञापन पत्र बुझदै सडक बिभागका निमित्त महानिर्देशक उमेश बिन्दु श्रेष्ठले सडक कालोपत्रेको लागी टेन्डर गरिएको बताए । उनले सडकस्तरबृद्धीका लागी अधुरा बनेका काम तत्तकाल सपन्न गर्ने बताए । कर्णाली विकासको मेरुदण्ड मानिएको कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकको कालोपत्रे वर्षदिनसम्म पनि टिक्दैन। कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडक खण्ड २ सय ३२ किलोमिटर छ।








