सुर्खेतमा बसको ढोकाबाट खसेर एकजना घाइते
वीरेन्द्रनगर : सुर्खेतमा बसको ढोकाबाट खसेर एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, लेकबेशी नगरपालिका ४ सिमले ऐ ५ नेटादेखि विवाहको जन्ती लिइ सुर्खेत एरिचोकतर्फ जाँदै गरेको ना ४ ख ८४०७ नम्बरको बसको ढोकाबाट मध्येमै लेकबेशी नगरपालिका–५ बस्ने बर्ष २५ को रेशम बहादुर रावत घाइते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
घाइतेको पछाडिको टायरले कम्मर र बाँया खुट्टाको भाग च्यापिन पुगेको हो । उनलाई उपचारको लागी एम्बुलेन्सद्धारा शिक्षण अस्पताल कोहलपुरतर्फ पठाइएको प्रहरीले जनाएको छ । घटना हुनासाथ घटनास्थलतर्फ इलाका प्रहरी कार्यालय लेकबेशी सुर्खेतबाट ५ जनाको प्रहरी टोली पुगेर बस र चालकलाई नियन्त्रणमा लिएको छ ।








