पांगता पुनस्र्थापन प्लेटफम गठन, अध्यक्षमा धिताल

जुम्ला ः जुम्लामा अपांगता पुनस्र्थापान प्लेटफम गठन गरिएको छ । अपांगता भएका ब्यक्तिहरुको स्वास्थ्य प्रवर्धन तथा पुनस्थापनाका सवालका लागि समिति गठन गरिएको हो ।
राष्ट्रिय अपांग महासंघ नेपाल कर्णालीका अध्यक्ष बिष्णु शर्माका अनुसार अपांगता समन्वय समितिका सदस्य तथा अपांग पुनस्र्थापन तथा विकास केन्द्र जुम्लाका अध्यक्ष नन्दराज धितालको अध्यक्षतामा ११ सदस्यीय प्लेटफम गठन गरिएको छ ।
समितिको सदस्यहरुमा चन्दनाथ नगरपालिका महिला तथा वालवालिका शाखाका पुष्पा थापा, स्वास्थ्य शाखा प्रमुख क्षेत्रबहादुर महत, फिजियोथेरापिष्ट सन्दिप कुसरी, शिक्षा शाखाका प्रमुख खडानन्द चौलागाई, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका डाक्टर अभिषेक ठाकुर, अपांगता भएका व्यक्तिहरुको हेरचाहकर्ताहरु रिता रोकाया, निर्मला हमाल, अनिता रोकाया, लक्षिराम रावत र दुर्गा रोकाया रहेका छन् ।

चन्दननाथ नगरपालिकामा आयोजना गरिएको अपांगता पुनस्र्थापनाका लागि प्लाटफम गठन गर्न आयोजना गरिएको वैठकमा चन्दननाथ नगरपाकिाका उपमेयर अप्सरदेवी न्यौपाने, राष्ट्रिय अपांग महासंघका अध्यक्ष बिष्णु शर्मा सहित अपांगता भएका व्यक्तिहरु सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।

ह्याण्डिक्याप ईन्टरनेश्नल नेपालको सहयोगमा राष्ट्रिय अपांग महासंघ नेपालले अपांगता पुनस्र्थापन परियोजना अन्तरगत जुम्ला सहित कर्णालीका सवै जिल्लामा गठन गर्ने उद्देश्य रहेको तर जुम्लाबाट शुरुवात गरिएको पुनस्र्थापना परियोजना संयोजक पार्वति आलेले बताइन । उनले भनिन , अनुसार यो समितिले अपांगता भएका व्यक्ति व्यक्तिहरुको परिवारका सदस्यहरुको समस्या चुनौतिको अनुभव छलफल, पुनस्र्थापनाको महत्व र आवश्यकतामा छलफल गर्ने, पुनस्र्थापना सेवाका लागि स्थानीय र सरकार र सरोकारवाला सँग समन्वय तथा साहायता सामग्रीको उपलब्धता, महत्व र विनियोजित बजेट र सूचना प्रवाह गर्ने उद्देश्य रहेको छ ।

यसैगरी अपांगता सवालको विभिन्न विषयमा छलफल वहश र अनुगमन गर्न महासंघका केन्द्रीय सदस्य केशवराज देवकोटा, प्रदेश अध्यक्ष शर्मा सहितको टोली अहिले जुम्लामा छ । शुक्रवार जुम्ला, मुगु र कालिकोटका अपांगता भएका व्यक्तिहरुद्धारा संचालित पदाधिकारीहरुलाई अभिमुखीकरण कार्यक्रम रहेको राष्ट्रिय अपांग महासंघ कर्णालीले जनाएको छ ।