माओबादी केन्द्र रोज्दै ,तिलाका १ सय ३० जनाले गरे पाटी प्रवेश
जुम्ला ः तिला गाउपालिका नौ माथी खोप्रीका देवीलाल थापा नेकपा ऐमाले परित्याग री माओबादी केन्द्रमा प्रवेश गरेका छन । त्यस्तै खोप्री गाउकै जैसरी थापा पनी ऐमाले परित्याग गरी आमोबादीमै प्रवेश गरिन । त्यस्तै नेपाली काँग्रेश परित्याग गर्दै तिला चारका लाल प्रसाद खत्री पनी माओवादी केन्द्र पाटिका प्ररिवेश गरेका छन । तिला गाउपालिकाका भरी बाट नेपाली काँग्रेश , नेकपा ऐमाले र नेमकिपा परित्याग गरी १सय ३० जना कार्यकर्ता माओबादी केनद्रमा प्रबेश गरेका हुन । नेकपा माओबादी केन्द्रको प्रथम तिलागाउँ सम्मेलनमा बिभिन्न पाटी परीत्याग गर्दै माओबादी पाटी रोजेका छन ।
नव प्रवेशीहरुलाई उक्त कार्यक्रमका प्रमुख अतिथि सांसद गजेन्द्र बहादुर महत पुर्व राज्य मन्त्री गोमा कुंवर लगायत माओबादी केन्द्र तिलागाउपालिका कमिटिले फुलमाला र अबिर लगायर स्वागत गरेका थिए ।
नव प्रवेशीहरुलाई स्वागत गर्दै सांसद गजेन्द्र बहादुर महतले माओबादी पाटी सक्षम र गरिब दुखीको पार्टी भएको दावि गरे । उनले उनीहरुलाई पार्टीमा स्वागत गर्दै माओबादी केनद्र भित्र कहिलैपनी अन्यायमा पर्न नदिने र उनिहरुको राजनीतिक जिवनको उचित मुल्यांकन गरिने बताए । उनले नवप्रवेशीहरुलाई पाटीको नितिनियममा रहेर जन्ताको पक्षमा काम गर्न अनुरोध गरे ।
त्यस्तै नव प्रवेशीहरुले नेकपा माओबादी केन्द्र गरिब निमुखाको पाटी भएकाले अरुपाटी परित्याग गरेको बताएका छन। पछिल्लो समयमा काँग्रेश र एमाले पार्टी परित्याग गरि दर्जनौं नेता कार्यकर्ता माओवादी केन्द्र प्रवेश गर्ने गरेको तिलागाउपालिका कमिटिले बताएको छ । तिलाको खेप्री, मालापानी , राँस रारालिही लगायतका गाउबाट अरु पार्टी परित्या गरी आमोबादीमा प्रेवेश गरेको तिलागाउपालिका वाइसेल कमिटिका अध्यक्ष हंस बस्नेतले बताए ।










