हाम्मो लाम्रा संवाद गाउँ–गाउँका कुडा हेन्न आउन्या तुमिहरुकन ओर्छो पोर्छो छ


जुम्ला ः मंगलबार देखी जुम्लाको तातोपानीगाउपालिका ५ लाम्रा गाउमा लाम्रा संवाद गाउँगाउँका कुडा संस्करण २ सुरु भएको छ । लाम्रा संवादका आयोजक टिमले त्यहा उपस्थित हुने सबै जनालाई स्वागत गरेको छ । लाम्रा संवादको आयोजक टिमले खस भाषामा हाम्मो लाम्रा संवाद गाउँ–गाउँका कुडा हेन्नआउन्या तुमिहरुकन ओच्छोपाच्छो छ भनेको । यो भनेको हाम्रो लाम्रा संवाद गाउँगाउँका कुडामा उपस्थित हुनुहुने सम्पुर्णलाई स्वागत छ भनेको हो ।
कर्णाली क्षेत्रको विशिष्ट इतिहास, संस्कृति, मौलिक परम्परा भएको ठाउँ हो, जुम्ला जिल्ला ।यहाको खसभासाको आफ्नौ लोपोन्मुख यहाँको फरक–फरक रीतिरिवाज र परम्परालाई संरक्षण गर्न र नयाँ पुस्तालाई सिकाउन लाम्रा संवाद ः गाउँ–गाउँका कुडाको बहस सञ्चालन गरिएको हो । तातोपानी गाउँपालिका वडा नम्बर ५ लाम्रा गाउँका अगुवा नागरिकले लाम्रा संवाद ः गाउँका कुडाको बहस गत्तवर्ष बाट थालेका थिए । तर यसवर्षबाट गाउका कुरामात्रै नभइ हाम्मो लाम्रा संवाद गाउँ–गाउँका कुडामा फाराकिलो बनेको छ ।

त्यस्तै सदस्य, लाम्रा संवाद गाउँ गाउँका कुडा सदस्य, जयलक्ष्मी चौलागाई, लाम्रा संवाद गाउँ गाउँका कुडा यो इतिहास, संस्कृति, मौलिक परम्परा भएको ठाउँ भएकाले भौगोलिक, सामाजिक र राजनीतिक रूपमा सदियौँसम्म अलग्गिए पनि यहाँका हरेक दरा र खोलाका बस्तीमा सामान्य जीवनयापनका निम्ति आवश्यक मौलिक विधि र प्रक्रिया विकसित भएको बताउछिन । उनले भनिन, यहाँ एक कोश हिँड्दा भाषिका र चार कोश हिँड्दा फरक रीतिरिवाज भेटिन्छ । यी सबैको प्रवद्र्धनका लागि लाम्रा संवाद सञ्चालन गरिएको हो । इतिहास गर्व गर्न नसक्ने समाजको पहिचान संकटमा पर्ने भएकाले ज्ञानको पुस्तान्तरण सही ढंगले नहुँदा मौलिकता हराउने, बिर्सिइने वा बिग्रिने सम्भावना बढी भएकाले पनि यस्ता संवाद आवश्यक छ ।

त्यस्तै लाम्रा संवाद गाउँ गाउँका कुडा संयोजक नन्दप्रसाद चौलागाई, अनुभव साट्ने आधिकारिक परिपाटी निर्माण भएको छैन । पुराना र नयाँ पुस्ताबीचको छलफल तथा बहसलाई आधुनिक प्रविधि र पद्धतिमार्फत अभिलेखीकरण गर्न खोजिएको हो । उनले भने यो संवाद कार्यक्रममा विचारको छलफल, बहस तथा मन्थन गरिने, विद्वत् प्रवचनअन्तर्गत तातोपानीको गौरव, विकास र भविष्यको कुरा उजागर गरिनेछ ।
संरक्षण तथा प्रवद्र्धन गरिनुपर्ने इतिहास, संस्कृति, परम्पराको चर्चा लाम्रा संवादमा गरिने छ । जिल्लास्तरीय राजनीतिक पार्टी प्रमुखहरू एकै थलोमा बसेर बहस, चिन्तन र साझा मुद्दा पहिल्याउने छन् । सभ्यताको साइनो, आखरको अलंकारअन्तर्गत भाषा संस्कृति, सभ्यता संरक्षणमा भइरहेका पहलमाथि चर्चा गरिने बताइएको छ ।

तातोपानी गाउँपालिका जुम्लाका अध्यक्ष,नवराज न्यौपाने, झरोबाट झलमल्ल गाउँ कसरी ? उज्यालो भविष्यसँग जोडिएको विद्यतीकरण बारे सरोकारवालाबीच छलफल र मन्थन गरिने बताए । उनले भने स्वास्थ्य र महामारी शीर्षकमा कोरोन कथाहरू समावेश गरेर स्वास्थ्य, महामारी नियन्त्रणको पहल, भविष्यको तयारीबारे छलफल गरिने छ । सामाजिक विकृति र समस्या चिरफार र समाधानका उपाय पहिल्याइनेछ । सांस्कृतिक सम्वद्र्धनका लागि मनोरन्जनात्मक कार्यक्रम चलाइने छ ।

लाम्रा संवाद भाग २को पहिलो दिन गाउँ–गाउँका कुडामा पञ्चेबाजा अन्तरगत्को नौ नग्रारा ३६पँयाना सम्बन्धी बहस गरिएको छ । विभिन्न अवसरमा बजाइने पञ्जेबाजाको बाजाको प्रस्तुति, त्यसको वर्णन र त्यसमाथि चर्चा गरिएको हो । लाम्रा संवाद गाउँ–गाउँका कुडाको दोस्रो संस्करणको उद्धघाट्न संगै कर्णालीको खस सव्यताको बारेमा समेत बहस गरिएको थियो ।

त्यस्तै नेपाली भाषाको जननी भूमि खस राज्य जुम्लाको सिंजा खस सव्यता स्ंकटमा परेको भन्दै यसको अभिलेखीकरण राख्नका लागी गाउगाउका कुरामा चर्चापरिचर्चा गरिएको हो । खस सब्यता संरक्षणको अभावमा संकटमा परेको हो ,। बाईसे र चौबीसे राज्यको पालमा जुम्लाको खस राज्य सिंजा एक बलियो राज्य भएको इतिहासमा पनि उल्लेख भएको पाइन्छ ।
नेपाल एकिकरण अभियानमा लागेका नेपालका एक मात्र देश निर्माता पृथ्वी नारायण शाहलाई पनि खस राज्य सिंजा जुम्ला जित्नको लागि हम्मे हम्मे परेका्े पाईएको छ ।सम्भावनाले भरिपूर्ण ‘कर्णाली’ आजको वर्तमान विश्व मानचित्रमा गरिब,पछौटेपन, रोग, भोग र परनिर्भरताको पर्यायका रूपमा खडा गरिएको ‘मागी खाने भाँडोे’ बनाइउको छ ।

जुन कर्णालीको लागि दुभाग्य नै सिजा सब्यताका एक दिउँदो इतिहास तुंगनाथ उपाध्यायले बताए । उनले भने, कर्णालीको भव्यता र समवनालाई खर्लक्कै कालो पर्दामा लुकाएर जबर्जस्त मगन्ते बनाउने कारकतत्वहरु बने । त्यस्तै सिंजा इतिहास देखि वर्तमान सम्म नेपाली भाषा, सभ्यता र संस्कृतिको जननी थलो भनेर परिचित छ त्यसका साथै सिंजा बौद्ध धर्मको संवर्धक र सम्भारक थलो पनि हो, भन्ने इतिहासले प्रस्ट पारेको छ । यही विरासतले यो क्षेत्रको जग अडिएकोछ यसक्षेत्र यसकुराले परिचितछ ।

अझ भन्नेहो भने यस क्षेत्रलाई देउडा संस्कृतिको घेराले बाँधेको छ ।सनातनी मष्टो, देउता ,देवी (देउती बजै सुर्खेत),बडीमालिका,काँक्रेविहार (मध्यकालीन खस राज्यको बौद्ध र हिन्दुहरूको अनुपम साझा नमुना) यस्तो संस्कार र संस्कृतिले घेरेको थलोको रुपमा परिचित छ ।उनका अनुसार मध्यकालमा सिंजा साम्राज्यको शीतकालीन राजधानी दुल्लु र ग्रीष्मकालीन राजधानी जुम्लाको सिंजामा थियो । जहाँबाट यहाँको राजनीतिक शासन व्यवस्था व्यस्थित रूपमा चलेको थियो । जुम्ला चन्दननाथको अखण्ड धुनी कथंकदा चित निभिहाल्यो भने दुल्लुको शिरस्थानबाट अग्नि लगेर पुनः धुनी जगाइन्थ्यो भन्ने चलन रहेको पाईन्छ ।

त्यस्तै लाम्रा संवादमा यहा पाइने बहुमूल्य जडिबुटीहरु खानिको बारेमा पनी चर्चा गरिने छ । जुम्लाको देवदियार र मार्सी धान पनी जुम्लाको पहिचान संग जोडीएको छ । कर्णाली ,विश्व प्रख्यात एवम् बहुमूल्य जडिबुटीहरु जस्तै यार्चागुम्बा , जीवनबुटी केशर, गुच्चिच्याउ , सतुवा (तीनपाते र सातपाते ) ,बनल्हसुन , जंगली मूला,अत्तिस , कटुको (कुटकी) , पा“चऔले ( हातेजरा ), जटामसी , निर्विषी ,विषमा ,गै¥ह जडिबुटीमा सिलाजित , देवदार , लोठसल्ला , विषजरा , तितो ( चिराइतो ) , सुगन्धवाल आदि ७०० देखि २००० भन्दा बढी जाति प्रजातिका जडीबुटी र १ ४०० औषधी जन्य विरुवा कर्णालीको बन जगल र भुमिमा पाईने गरेको तातोपानी गाउपालिकाका अध्यक्ष नवराज न्यौपाने बताउछन ।ँअहिलेसम्म तीहरुको कुनै मान्यता दिईएको छैन ति बहुमूल्य जडिबुटीहरु जंगलमा सिमित छन् । भने लोप हुने खतरा बढी रहेको छ ।
अन्य केही जडिबुटी जस्तै तितो,अत्तिस, कटुको ,सुगन्धवाल,जटामसी आदिको घरेलु करण गर्न थालिएको छ ।यिनीहरु हजारौं हजार देखि लाखौ आन्दानीका स्रोतहरुमा छिटैँलोप हुने सम्भावना बढीरहेकोछ ।यीनीहरुको संरक्षण,सबद्र्धन र व्यवस्थापनको लागि छिटो भन्दा छिटो सरकारी नीति नियम, ऐन रसरोकारवाला निकाय सचेत हुनु आबश्यक रहेको जुम्लाका सरोकारवालाहरुले बताएका छन । लाम्रा संवादमा पुराना राडी पासी, ठेटुवाको डौटो, कालो कम्लो, मार्सिधानको कुनियो ,जौको भल्को लगायत प्रम्परागत पैरानहरुको प्रर्दशन गरिएको छ ।