लाम्रा संवाद गाउँ–गाउँका कुडाको पहिलो दिन ःपञ्चेबाजा र खस सव्यताको बारेमा बहस

जुम्ला ः लाम्रा संवाद भाग २को पहिलो दिन गाउँ–गाउँका कुडामा पञ्चेबाजा अन्तरगत्को नौ नग्रारा ३६पँयाना सम्बन्धी बहस गरिएको छ । विभिन्न अवसरमा बजाइने पञ्जेबाजाको बाजाको प्रस्तुति, त्यसको वर्णन र त्यसमाथि चर्चा गरिएको हो । लाम्रा संवाद गाउँ–गाउँका कुडाको दोस्रो संस्करणको उद्धघाट्न संगै कर्णालीको खस सव्यताको बारेमा समेत बहस गरिएको थियो ।नेपाली भाषाको जननी भूमि खस राज्य जुम्लाको सिंजा खस सव्यता स्ंकटमा परेको भन्दै यसको अभिलेखीकरण राख्नका लागी गाउगाउका कुरामा चर्चापरिचर्चा गरिएको हो । खस सब्यता संरक्षणको अभावमा संकटमा परेको हो ,। बाईसे र चौबीसे राज्यको पालमा जुम्लाको खस राज्य सिंजा एक बलियो राज्य भएको इतिहासमा पनि उल्लेख भएको पाइन्छ ।
नेपाल एकिकरण अभियानमा लागेका नेपालका एक मात्र देश निर्माता पृथ्वी नारायण शाहलाई पनि खस राज्य सिंजा जुम्ला जित्नको लागि हम्मे हम्मे परेका्े पाईएको छ ।सम्भावनाले भरिपूर्ण ‘कर्णाली’ आजको वर्तमान विश्व मानचित्रमा गरिब,पछौटेपन, रोग, भोग र परनिर्भरताको
पर्यायका रूपमा खडा गरिएको ‘मागी खाने भाँडोे’ बनाइउको छ ।जुन कर्णालीको लागि दुभाग्य नै सिजा सब्यताका एक दिउँदो इतिहास तुंगनाथ उपाध्यायले बताए । उनले भने, कर्णालीको भव्यता र समवनालाई खर्लक्कै कालो पर्दामा लुकाएर जबर्जस्त मगन्ते बनाउने कारकतत्वहरु बने ।
यस क्षेत्रको भाषा, संस्कृति र सभ्यताका साथै ऐतिहासिक वैभव र विरासत नामेट गर्ने प्रपञ्चबाट पे्ररित भएको देखिन्छ ।सिंजाले ऐतिहासिक र राजनीतिक औचित्य त प्रदान गर्छ नै, साथ साथै यसले त्यस क्षेत्रका सभ्यता र संस्कृतिको आत्म सम्मान र गर्वबोधका साथै सम्मान र मर्यादा गराउँदछ।
परिचित सिजा क्षेत्र,
त्यस्तै सिंजा इतिहास देखि वर्तमान सम्म नेपाली भाषा, सभ्यता र संस्कृतिको जननी थलो भनेर परिचित छ त्यसका साथै सिंजा बौद्ध धर्मको संवर्धक र सम्भारक थलो पनि हो, भन्ने इतिहासले प्रस्ट पारेको छ । यही विरासतले यो क्षेत्रको जग अडिएकोछ यसक्षेत्र यसकुराले परिचितछ ।
अझ भन्नेहो भने यस क्षेत्रलाई देउडा संस्कृतिको घेराले बाँधेको छ ।सनातनी मष्टो, देउता ,देवी (देउती बजै सुर्खेत),बडीमालिका,काँक्रेविहार (मध्यकालीन खस राज्यको बौद्ध र हिन्दुहरूको अनुपम साझा नमुना) यस्तो संस्कार र संस्कृतिले घेरेको थलोको रुपमा परिचित छ ।
उनका अनुसार मध्यकालमा सिंजा साम्राज्यको शीतकालीन राजधानी दुल्लु र ग्रीष्मकालीन राजधानी जुम्लाको सिंजामा थियो । जहाँबाट यहाँको राजनीतिक शासन व्यवस्था व्यस्थित रूपमा चलेको थियो । जुम्ला चन्दननाथको अखण्ड धुनी कथंकदा चित निभिहाल्यो भने दुल्लुको शिरस्थानबाट अग्नि लगेर पुनः धुनी जगाइन्थ्यो भन्ने चलन रहेको पाईन्छ ।
त्यस्तै सिजा क्षेत्रको आफ्नै,सांस्कृतिक भेषभुसा रितिवाज रहेको छ । याउल्या गीतले सिंजा साम्राज्यको वैभव र विरासतको ऐना त देखाउँछ नै, वर्तमान हाम्रो राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक धरातलको चित्रण पनि गरेकोछ ।
खससभ्यता राजनीतिक, सामाजिक र सांस्कृतिक रूपमा आफूलाई विगत देखि वर्तमान सम्म तिरस्कार र बहिस्कारको चपेटामा राखेको महसुुस कर्णालीवासीले गरेका छन ।जुम्लामा जन्म र मृत्यु हुदा दिईने चामल बितरणले कर्णाली भोकमरीको चपेटामा छ भन्ने भ्रम चिरेको थियो ।’२०७४ मा आइपुग्दा कृषि उपजमा एक सय २० प्रतिशतले विषादी प्रयोग दर बढेको छ । देश संघीयतामा गएपछि बनेको कर्णाली प्रदेश सरकारले मन्त्री परिषद्को पहिलो बैठकबाट यस भूगोललाई प्रांगारिक प्रदेश बनाउने घोषणा गरेको थियो।
के पाईन्छ कर्णालीमा
बहुमूल्य जडिबुटीहरु खानि मानिन्छ कर्णाली ,विश्व प्रख्यात एवम् बहुमूल्य जडिबुटीहरु जस्तै यार्चागुम्बा , जीवनबुटी केशर, गुच्चिच्याउ , सतुवा (तीनपाते र सातपाते ) ,बनल्हसुन , जंगली मूला,अत्तिस , कटुको (कुटकी) , पा“चऔले ( हातेजरा ), जटामसी , निर्विषी ,विषमा ,गै¥ह जडिबुटीमा सिलाजित , देवदार , लोठसल्ला , विषजरा , तितो ( चिराइतो ) , सुगन्धवाल आदि ७०० देखि २००० भन्दा बढी जाति प्रजातिका जडीबुटी र १ ४०० औषधी जन्य विरुवा कर्णालीको बन जगल र भुमिमा पाईने गरेको तातोपानी गाउपालिकाका अध्यक्ष नवराज न्यौपाने बताउछन ।ँअहिलेसम्म तीहरुको कुनै मान्यता दिईएको छैन ति बहुमूल्य जडिबुटीहरु जंगलमा सिमित छन् । भने लोप हुने खतरा बढी रहेको छ ।
अन्य केही जडिबुटी जस्तै तितो , अत्तिस, कटुको , सुगन्धवाल, जटामसी आदिको घरेलु करण गर्न थालिएको छ । यिनीहरु हजारौं हजार देखि लाखौ आन्दानीका स्रोतहरुमा छिटैँलोप हुने सम्भावना बढीरहेकोछ । यीनीहरुको संरक्षण,सबद्र्धन र व्यवस्थापनको लागि छिटो भन्दा छिटो सरकारी नीति नियम, ऐन रसरोकारवाला निकाय सचेत हुनु आबश्यक रहेको जुम्लाका सरोकारवालाहरुले बताएकाछन। जिम्मेवार निकाय र जिम्मेवार व्यक्तिहरु जडीबुटी संरक्षण भन्दा पनि कमाउ धन्दामा बढी छन,। सिंजा क्षेत्र इतिहास देखि वर्तमान सम्म नेपाली भाषा, अर्थात खस सभ्यता र संस्कृतिको जननी थलो भनेर परिचित भएपनि पछिल्लो सयमा धरापमा रहेको छ ।








