जाजरकोटको चाँदे हिमालमा तीर्थ गएका एकको मृत्यु
जाजरकोट : जुनिचाँदे गाउँपालिका–१ बाट वडा नं ७ को चाँदे हिमालको नदैडाबमा तीर्थयात्रामा गएका एक जनाको मृत्यु भएको छ।
तीर्थयात्रा जाँदा हावाहुरीले हिमालमा हुत्याउँदा जुनिचाँदे–१ काब्राका औवान रावतको मृत्यु भएको छ भने लोकबहादुर रावत गम्भीर बिरामी भएको गाउँपालिकाका उपाध्यक्ष शिवा आचार्यले जानकारी दिइन्।
भदौ ३० गते २५ गाउँले तीर्थ गर्न चाँदे हिमालको नदैडाब गएको आचार्यले बताइन्। अहिले शव र बिरामीलाई तीर्थ गएका स्थानीयले बोकेर धननाँसीमा ल्याएका छन्।लोकबहादुर सिकिस्त रहेको उनले बताइन्। यता जिल्ला प्रहरी कार्यालयका डिएसपी मधुकुमार थापाले यसबारे बुझ्न प्रहरी पठाएको बताए।








