जाजरकोट अपडेट : बेपत्ता मध्ये २३ जना सम्पर्कमा आए

जाजरकोट : जाजरकोटको चाँदे हिमालमा देउता नुहाउन जाने क्रममा जुनीचाँदे गाउँपालिकाका १ का बेपत्ता सम्पर्कमा आएका छन्  ।

जाजरकोट प्रहरी नायब उपरिक्षक मधु कुमार थापाका अनुसार देउता नुहाउन चाँदे हिमाल जाने क्रममा बेपत्ता भएका भनिएका २३ जना गाउँले भर्खरै सम्पर्क आएका हुन्  ।

उनीहरु अहिले जुनीचाँदे गाउँपालिकाको दहमा आएको र उद्धारको लागि प्रहरी त्यसतर्फ गएको उपरिक्षक थापाले बताए ।  मृत्यु भएकाको शव समेत साथमा लिएर आएका छन् ।

गत भदौ ३० गते गाउँबाट देउता नुहाउनको लागि चौरीपाटनको नदाई डाव हिडेका हुन्  ।  चाँदे हिमालको चौरीपाटनमा रहेको नदाई डावमा नारायण देउता नुहाउन जाने क्रममा लगातारको बर्षातसँगै आएको हावाहुरीमा परी उनीहरु सम्पर्क विहिन भएको थिए ।

नुहाउन हिंडेका २५ जना मध्ये शुक्रबार अर्थात आज बिहान जनीचाँदे १ का ५८ बर्षका ऐवान रावत मृत अवस्थामा फेला परेका थिए ।   चाँदे हिमाल झण्डै ५ हजार मिटर उचाईमा रहेको अनुमान गरिएको छ ।