यी महिला हुन् सुर्खेतमा उर्लिएको भेरीमै हामफाल्ने
कर्णाली स् बिहीबार दिउँसो वीरेन्द्रनगर–११ नजिकैको भेरी नदीमा एक महिलाले हाम फालेकी छन् । उर्लिएको भेरीमै हाम फाल्ने कालिकोटको तिलागुफा नगरपालिका–६ घर भएकी ३१ वर्षकी अमिला दमाई रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आज ९बिहिबार० दिउँसो साढे २ बजेको समय भेरी नदीको छेउमा आफ्नो मोबाइल, चेक, साथमा भएका कपडा छोडेर उर्लिएको भेरीमै अमिलाले हाम फालेकी हुन् । अहिलेसम्म उनी बेपत्ता रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय छिन्चु र प्रहरी चौकी सुब्बाकुनाको टोली खटिएको छ ।
घटनास्थलमा भेटिएका कागजातका अनुसार उनी कालीकोट तिलागुफा(६ की भएको प्रहरीले पुष्टि गरेको हो । आफन्तसँग खबर गरिसकेको प्रहरीले जानकारी दिएको छ ।
बेपत्ता अमिलाको खोजी कार्य तीव्र भइरहेको प्रहरीले जनाएको छ । भने, घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हानदेखि कर्णालीमा वर्षा भइरहेको छ। पानीको बहाव बढेको छ ।









