प्रतिष्ठानमा राजनितिक चलखेल भएको आरोप

जुम्ला ः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले माग गरेको करार सेवाका नर्सिङ स्टाफनर्समा आवेदन सूचिमा नाम नभएका परिक्षार्थीको पहिलो सूचिमा नाम निकालिएको भन्दै चर्को आलोचना भएको छ । गत श्रावण ३० गते गरिएको सार्वजनिक सुचना अनुसार प्रतिष्ठानमा २५ जना नर्स करार सेवामा माग गरिएको थियो । जसमा जम्मा १६३ जनाले आवेदन दिएका थिए । त्यसबाट पनि प्रतिष्ठानले सार्वजनिक गरेको आवेदन सूचिमा सपना न्यौपाने नभएर सपना नेपाली भनेर नाम आएको पाइएको छ । यसरी लिखितमा नाम निकाल्न सफल परिक्षार्थीको नाम लिस्टमा पनि उक्त नाम उल्लेख छैन ।
प्रष्ठिानले भदौैँ २६ गते शनिबार लिखित परिक्षा लिएको थियो ।
प्रष्ठिानले यस पटक परिक्षा कोडिङ र डिकोडिङ प्रणालीबाट संञ्चालन गरेको थियो । प्रतिष्ठानले परिक्षा मर्यादित र चुस्तदुस्त बनाउनकै लागि कोडिङ प्रणाली लागु गरेको प्रतिष्ठानका रजिष्टार नृपेन्द्र महतले बताए । उनले भने, कुनै पनि परिक्षार्थीलाई हामीले दिइएको परीक्षाको नतिजामा चित्त नबुझेको खण्डमा ४८ अण्टा भित्र रिचेकको लागि निवेदन दिने ब्यवस्था गरेको थियौँ ।
रजिष्टर महतका अनुसार रिचेकका लागि ८ जना बिद्यार्थी दिएको बताए । उनले ८ जना मध्ये एक जना सपना न्यौपाने रहेको बताए । उनले सपना न्यौपानेको परीक्षा पेपर रिचेक गर्दा उनको एक नम्बरमा नाम आउन सफल भएको बताए । उनले सदिक्षा रोकायाको र सपना न्यौपानेको चेकजाँच गर्दा डिकोडिङ्गमा भुलबस त्रुटि दिएको स्वीकारे ।
रजिष्टर महतले सपना न्यौपाने राम्रो बिद्यार्थी भएकाले उनलाई अन्याय नहोस भनेर नतिजा पुनः संसोधिन गरिएको हो । यसरी मौखिक परीक्षा भदौँ २९ गते लिएर अन्तिम नामावलीमा उनको नाम पहिलो नम्बरमा समावेश भएको हो । त्यहाँ उनलाई क्ल् ण्छठ कोडिङ्ग दिइएको छ जुन कोडिङ्ग लिखित परीक्षामा सदिक्षा रोकायाको हो ।
आवेदकहरुको सूचिमा सपना न्यौपाने नाम नै छैन भने संसोधित नतिजामा उनले लिखितमा नाम निकालेको भन्दै उनलाई समावेशं गरिएको छ । जहाँ उनलाई क्ल् ण्घढ कोडिङ्ग दिइएको छ । यसरी प्रदेशकै नमुना अस्पतालले एकातर्फ कोडिङ्गमा गम्भीर भुल गरेको छ भने अर्कोतिर आवेदन नै नपरेको उम्मेदवारले एक नम्बरमा नाम निकालेर गम्भीर त्रुटि गरेको जुम्लाबासीको आरोप छ ।
यता रजिष्टरले महतले परीक्षा समितिले कोडिङ्ग र डिकोडिङ्गमा नम्वरमा मानवीय तृटिबम कारण यस्तो हुन पुगेको बताए । उनले भने, कुनै पनि नियत नभएर परीक्षा समितिको प्राविधिक त्रुटि हो । तर जुम्ला बासीले प्रतिष्ठानका पदाधिकारीले आफ्ना मान्छे ल्याउनकै लागि यस्तो कार्य गरेको बताएका छन् । त्यस्तै सदिक्षा रोकायाका बुवा दलसिहं रोकायाले यस अघिपनि सदिक्षा रोकायाले प्रष्तिठानको लिखित परीक्षामा तिन पटक नाम निकाल्दा मौखिकमा फलिएको बताए । उनले भने ,प्रतिष्ठानका पदाधिकारीको मिलोमतमा राजनितिक भर्ती केन्द्र बनेको छ । हामी जस्ता पहुज विहिनका छोरा छोरीको पढाइले महत्व पाउदैन । उनले भने, यति प्रतिष्ठानले निश्पक्ष रुपमा हुन्थियो भने, लोकसेवा आयोगलाई परीक्षा लिने जिम्मेवारी दिन सक्थियो । महिनामा ५० औँ हजारसम्म तलब खाने कर्माचारीको लागि लोकसेवा आयोगको प्रतिनिधिको उपस्थित बिना परीक्षा लिइन्छ । उनले भने, यहा कुनै गरिब दुखीका छोराछोरीले जागिर खाएका छैनन । पहुजवालाको मात्रै भर्ती केन्द्र भएको छ । प्रतिष्ठानमा आलोचनामा आएको बिषय यो पहिलो भने होइन । यस अघि पनि पटक पटक बिभिन्न कारणले चर्को आलोचना खेप्दै आएको छ ।
यता सपना न्यौपानेले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले माग गरेको करार सेवाका नर्सिङ स्टाफमा आवेदन दिएको बताइन् । उनले भनिन, आवेदन सूचिमा मेरो नामा सपना नेपाली भएको थियो र क्ल् ण्घढ थियो । उनले भनिन्, “प्रवेश पत्रमा सपना न्यौपानेनै भएकाले परीक्षा दिएको बताइन् । उनले यो बिषयमा छलफल गर्दा आवेदन सूचिमा सपना नेपाली भएपनि फरक नपर्ने त्यहाँको परीक्षा समितिले भनेपछि परीक्षा दिइएको बताइन् । न्यौपाने भन्छिन ,“ मैले परीक्षा दिदा राम्रो गरेको थिए तर पनि रिजल्टमा मेरो नाम आएन । उनले थपिन, परीक्षाको नतिजामा चित्त नबुझेको खण्डमा ४८ अण्टा भित्र रिचेकको लागि निवेदन दिने प्रतिष्ठानले ब्यवस्था गरेको थाँहा पाए । मैले आफ्नो अधिकार पयोग गरेर परीक्षा पेपर रिचेकको लागि निवेदन दिएको बताइन । उनले भनिन, परीक्षा समितिको बैठक बसेर रिचेक गर्ने बताएको थियो । मेरो निवेदनपछि पुन प्रष्ठिानले संसोधित प्रकाशित सुचनामा मेरो नाम छ । उनले भनिन, मेरो बाग्मती प्रदेशमा अन्तरबार्ता भएकाले छिटो पुग्नु पर्ने थियो । सबै भन्दा अगाडी मौखिक परीक्षा दिएर आएकी हु । यसमा मेरो कुनै कमजोरी छैन । सत्यतथ्य नबुझेर समाजिक संञ्जालमा आवेदन सूचिमा नाम नदिएकी परिक्षार्थीको नाम निकालेको भन्ने बिरोध छ । मेरो नामको थर फरक परेको हो आवेदन दिएकी हु । सपनाले मेरो लागि नराम्रा कमेन्ट नगरी दिन अनुुरोध गरिन् ।












