जुम्लाका जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी जाजरकोटमा प्रकाउ
जुम्ला ः जिल्ला प्रहरी कार्यालय जुम्लामा जबरजस्ती करणी मुद्दा दर्ता भई भागी रहेका फरार रहेका प्रतिवादी प्रकाउ परेका छन ।जुम्लाको तिला गाँउपालिका वडा नं.–०३ दानिवाडा बस्ने २० वर्षका लक्की बुढालाई जिल्ला प्रहरी कार्यालय जाजरकोटको टोलीले सोमबार दिउसो प्रकाउ गरेको हो । । बुढालाई जेठ ११ गते १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको भन्दै जेठ १५ गते तिर पीडित पक्षको निवेदन आएको थिए । जेठ ११ गते जबरजस्ती करणी गरेको घटना १६ गते ५ दिन पछि आउनुले गाउमै मिलापत्र गर्न खोजेको हुन सक्ने प्रहरीको अनुमान छ ।
प्रहारीका अनुसर गाउमा मिलापत्रको कुरा नमिले पछि मात्रै प्रहरीकहा निवेदन आएको हो ।
प्रहरीमा जबरजस्ती करणी गरेको निवेदन आउन साथ प्रहरी पीडक समक्ष सोध्बुझको लागी गएको थियो । प्रहरी पुग्दा जबरजस्ती करणीको अरोप लागेका लक्की बुढा नदिमा हामफालेर भाग्न खोज्दा गहिरो चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक तथा युवन चौधरी बताए । उनका अनुसार आरोप लागेका बुढा घाइते भएकाले कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । उनी दुइ मिहना सम्म प्रतिष्ठानमा उपचार गराइरहेका थिए ।
प्रहरीले उपचारमा छोडेको मौका छोपि प्रतिष्ठानबाटै लक्की बुढा साउन ८ गते फरार भएका थिए । प्रहरीका अनुसार बिशेष सुराकीको आधारमा खोजतलास गर्दै जाँदा निज प्रतिवादी लक्की बुढालाई मिति २०७८।०४।१९ गते बिहान १२ः०० बजेको समयमा जिल्ला जाजरकोट बारेकोट गाउँपालिका वडा नंम्बर–०९ लामितरा भन्ने स्थानमा बाटोमा हिडिरहेको अवस्थामा फेलापारी प्रकाउ गरिएको हो । जाजरकोट प्रहरीले आफ्नो कार्यालयमा ल्याई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय जुम्ला पठाईएको पठाएको बताएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक तथा युवन चौधरीले फरार प्रतिबादी जाजरकोट प्रहरीले जुम्ला पठाएको बताए । उनले भने बाटोमा ल्याउदै गर्दा एक दुइ दिन लाग्न सक्छ । हामी प्रकाउ पछि उनीमाथी लागेको आरोपको बिषयमा गहिरो अनुसन्धान गरिने छ ।








