सुशासन कायम गर्न शुन्य सहनशिलता अपनाउने छु ः प्रजिअ प्रसाई
जुम्ला ः नँया जिम्मेवारी समालनु भएका जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजया प्रसाइले सुशासन कायम गर्न ‘शुन्य सहनशिलता’ अपनाईने बताइन । उनले जुम्लाका पत्रकारहरु संगको भेटघाट तथा परिचययात्मक कार्यक्रममा यस्तो बताइकी हुन । उनले शान्ति सुरक्षा र सुशासन, जनमैत्री प्रशासन भन्ने नारा कार्यम गर्ने बताइन । उनले भनिन ,इमान्दार र भ्रष्टाचार मुक्त भए मात्र समाज र जनताले परिर्वतनको महसुस गर्न सक्छन ।प्रजिअ प्रसाइले प्रशासनको अधिकार क्षेत्र भित्र पर्ने विषयमा निष्पक्ष र इमान्दार भएर कार्यसम्पादन गर्ने बताइन । कसैको लोभलालचमा नपरिने छैन । कहिकतै कमी कमजोरी भए पत्रकाकारले औल्याइ दिन पनि अनुरोध गरिन । प्रजिअ प्रसाइले गलत काम गर्ने विरुद्ध आफु सधै लड्ने प्रतिवद्धता गरिन । उनले भनिन आफ्नो पहिलो प्रथामीकता स्थानिय तह महिला संञ्जाल , पत्रकारसंगको छलफल र सुझव संकलन रहेको बताइन । त्यस पछि सबै सरोकारवाला संग बसेर आफ्नो यहाका आश्यकता आधारमा समन्वय सहकार्य गर्ने बताइन ।
त्यस्तै जिल्लाका पत्रकारहरुले महिला तथा बालबालिकाका ,र जातिय बिवेदका जाहेरी प्रहरीले सहजै दार्ता नगरेको बताएका थिए । उनीहरुले प्रहरी प्रशासन निष्पक्ष नभएको र पहुँवालाको मात्रै कुरा सुन्ने गरेको गुनासो गरेका थिए ।
यता जुम्लाका प्रहरी नायव उपरिक्षक दान बहादुर थापाले क्षेत्राधिकार भित्र रहेर सबै वर्ग र तहका जनतालाई सेवा दिने गरेको बताए । उनले प्रहरी कानुन अनुसार अगाडी बढेको बताउदै , नियत बस नभएर सत्यतथ्यको बुझेर सबै पीडित नागरिकै पक्षको वकालत गरेको बताए ।
तत्कालिन प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले पनि आफ्नो कार्यभार समाले लगत्तै प्रशासन सुधार योजना बनाएर आगाडी बढेको थिए । उनले बनाएको सुधार कार्यायोजनाको कार्यसम्पादन १३ महिने कार्यकालमा ९९ प्रति कार्यन्वय गरेको प्रगति प्रतिवेदन सूवा भएर जानु भन्दा अगाबै पत्रकार सम्मेलन गरेर सार्वजानिक समेत गरेका थिए । थापाले गरेका चिसोमा न्यानो बितरण ,सडक मानवको उद्धार ,लागुऔषद बिरुद्धका अन्तरजिल्ला कार्यक्रम जस्ता कार्य नयाँ जिम्मेवारी समाल्नु भएका प्रजिअको लागी सिाकाइको पाठ हुने जुम्ला बासीको अपेक्षा छ ।








