अभिभावकको भुमिका खेल्दै ,चन्दननाथ नगरपालिका

जुम्ला ः चन्दननाथ नगरपालिकाको महिला शाखाले बिपन्न बालबालिकालाई सहयोग गरेको छ । महिला शाखाले नौ वडाका बिपन्न बालबालिका नगद दिएर सहयोग गरेको हो । आएस्रोत न्युन भएका बालिकाको दैनिकीमा सहजता ल्याउनका लागी २५सय नगरद सहयोग गरिएको चन्दननाथ नगरपालिकाका उपमेयर अप्सरा देवी न्यौपाने महतले बताइन । उनले भनिन ,महलिा तथा बालबालिका शाखा बाट उनीहरुलाई सहयोग गरिएको हो । बिपन्न घरपरिवारका बालबालिकालाई थोरै भएपनि कापी कलम किन्न होस या लत्ताकपडा किन्न होस यसले राहत मिल्ने छ ।

नौ वडाका १५ जना बिपन्न बालबालिकालाई एक जना बराबर २५ सय नगद दिइएको छ । नगरपालिका न्युन आएभएका बालबालिकाको लागी अभिभावकको भुमिका निर्बाहा गरेको महिला तथा बालबालिका शाखाका प्रमुख माया शाहीले बताईन ।बालबालिका अत्यन्त संवेदनशील विषय भएकोले हामी सबैको भुमिका अभिभाव सहर हुन पर्छ । यस बिषयको विशेष ज्ञान तथा सीपको आवश्यकता पर्दछ । जसबाट उनीहरूले शुखीको महशुस गर्न सक्छन । अभिभावकले सबै बालबालिकालाई – विशेष गरी छोराछोरीमा र अपाङ्गता भएकालाई – विना भेदभाव माया, उत्प्रेरणा, स्वास्थ उपचार, पोषिलो खाना, सकारात्मक सोचाइको लागी सोचन जरुरी रहेको नौ वडा अध्यक्ष मिम बहादुर डागीले बताए । उनले बिपन्न तथा न्युन आएस्रोत भएका नागरिक तथा बालबालिकाको लागी सहयोग गर्नु स्थानियसरकारको दायित्व भएको बताए ।