पेरे धोप खाने पानी अनुगमन गर्दै,जिल्ला समन्वय समिति

 

जुम्ला ः पातारासी गाउँपालिकाको दुइ वडामा रहेको पेरेधोप खानेपानी अनुगमन गरिएको छ । कर्णाली प्रदेश अन्तरगत खानेपानी सिचाइ तथा उर्जा बिकास कार्यालय जुम्ला बाट संञ्चालित निमार्णधिन खानेपानीको अनुगमन गरिएको हो । पेरेधोप खानेपानी पन्च वर्षिय योजना भएकोले यस पटक मात्रै ८० लाख बजेट आएको जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले बताए । जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाको संयोजकत्वमा इन्जीनेर नगेन्द्र महतारा द्धारा प्राविधिक रिपोट दिने गरी अनुगमान गरिएको छ । जिल्ला समन्वय समितिका सदस्य जयराज भारतीले, बन्दै गरेको खानेपानी गुणस्तरीय बनाउन उपभोता समितिलाई आग्रह गरे । उनले भने सरकारको रकमको सदुप्रयोग गरौ ।

एक पटक निमार्ण भएको योजना दिर्घकालि हुन । उनले भने कुनै पनि बिकास निमार्ण गुणस्तर हुन आबश्यक छ । पेरे धोप खाने पानी उपभोता समितिका सचिब निल बहादुर बोहोराले भने , भिन्याछहरा भन्ने लेखबाट खानेपानी लएन ल्याएका छौ । ५० देखी ७५ र सय घनमिटरका टेंकी निमार्ण गर्न लागोका छौ । यसले गर्दा पेरे धोप तल्फीकाका ९५ घरदुरीले खानेपनी उपभोग गर्ने छन । अनुगमनमा जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा ,सायक समन्वय अधिकारी राम लाल प्याकुरेल , जिल्ला समन्वय समितिका सदस्य जयराज भारती , पातारासी गाउपालिकाका अध्यक्ष लक्षिमान बोहोरा, पातारासी गाउपालिकाका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक पुन्नकली महतारा लगायत पत्रकारहरुको सहभागीता रहेको थियो ।