जिल्ला समन्वय समिति द्धारा निमार्णधिन ‘हाइअल्टिच्युट’ सेन्टरको अनुगमन

जुम्ला ःजुम्ला सदरमुकाम खलंगादेखि पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको लोडचौरमा रहेको ‘हाइअल्टिच्युट’ट्रेनिङ सेन्टरको अनुगमन गरिएको छ। हाइअल्टिच्युट ट्रेनिङ सेन्टर निमार्णको लागी आएको रकम कहाँ कसरी खर्च भएका छ । बजेट अनुसारको काम भए नभएको बारेमा जिल्ला समन्वय समितिले अनुगमन गरेको हो ।
जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाको संयोजकत्वमा इन्जीनेर नगेन्द्र महतारा द्धारा प्राविधिक रिपोट दिने गरी अनुगमान गरिएको छ ।

कर्णाली प्रदेश सरकारका ५० लाख भन्दा माथीका योजनाको अनुगमन जिल्ला समन्वय समितिले गर्नु पर्ने प्रवधान छ ।
कर्णाली प्रदेशको समाजिक बिकास मन्त्रालय मार्फत संञ्चालित योजना भएकाले कर्णाली हाइअल्टिच्युट’ट्रेनिङ सेन्टर निमार्ण हुर्र्दै गरको स्थानमा गएर स्थालगत्त अनुगमन गरिएको जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले बताए ।उनका अनुसार कर्णाली हाइअल्टिच्युट’ट्रेनिङ सेन्टर रकम खर्च भए अनुसारको काम देखीएको छैन । तर प्राविधिक प्रतिवेदन आउन बाँकी छ ।
त्यस्तै पातारासीगाउपालिकाका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक पुन्नकली महताराले भनिन , प्राविधिक पाटो हामीलाई थाहा हुदैन । तर वर्षौ साल आएको बजेट सकिने काम प्रभाबकारी हुर्दैन ।उनले भनिन कुनै पनि बिकास निमार्ण गुणस्तर हुन आबश्यक छ । तिन नं.वडाका अध्यक्ष बृखराम बुढा भन्छन रकम अनुसारको काम भएको छैन ।

त्यस्तै कर्णाली हाइअल्टिच्युट’ट्रेनिङ सेन्टर निमार्णको जिम्म लिएका ठेकेदार प्रेमराजा महत भन्छन ,बजेट भन्दा बढी काम भएको छ । यस अघिका समितिले कसरी रकम सक्याए थाहा भएन । आफ्नो पालामा प्राविधिक स्टामेट भन्दा बढी काम गरको उनको दाबी छ । उनले प्रदेश सरकारलेको बजेट ५३ लाख हो त्यो भन्दा बढी काम भएको छ ।
यस पटक कर्णाली प्रदेश सरकारबाट कर्णाली हाइअल्टिच्युट’ट्रेनिङ सेन्टर निमार्णको लागी भनेर दुइवटा सिर्षकमा बजेट आएको जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले बताए ं। उनले भने ,५०लखा वाल निमार्णका लागी आएको छ । भने ५३ लाख चौर सम्याउने भनेर आएको छ ।वाल निमार्णको काम सम्पन्न भएको हाइअल्टिच्युट’ट्रेनिङ सेन्टर निमार्ण समितिका उपाअध्यक्ष श्रीराम थापाले बताए । उनले भने हामीले प्रर्खाल निमार्ण भनेर ५०लाख आएको थियो काम सम्पन्न भएको छ । प्राविधिको स्टामेट भन्दा राम्रो काम भएको पाइएको छ ।

यस पटक आएको ५३ लाख बजेट सहित कर्णाली हाइअल्टिच्युट’ट्रेनिङ सेन्टर निर्माणका लागि भनेर चारपटक बजेट आइसकेको छ ।ट्रेनिङ सेन्टरका लागि पहिलो पटक १५ लाख ,दोस्रो पटक १० लाख र २०७६÷०७७ मा २२ लाख रुपैयाँ सकिएको छ। तर अवस्था भने अस्तव्यस्त छ। २०७६÷०७७ को २२ लाख रुपैयाँ पेस्कीस्वरुप निकालेर खर्च भएको ,वडा अध्यक्ष बृखराम बुढा बताउछन ्।अरु रकम फिरिज गएको थियो ।

कर्णाली प्रदेश सरकारबाट आएको ७५ लाख मध्ये समितिको विवादकै कारण ५१ लाख फ्रिज भएको हो ,। हाइअल्टिच्युट’ट्रेनिङ सेन्टर निर्माणका लागि भनेर चारपटक गरेर एक करोड बजेट लागि आएको सकिसेको छ । तर बजेट अनुसारको काम नभएको अनुगमन समितीले निस्कर्ष निकालेको छ । हाइअल्टिच्युट’ट्रेनिङ सेन्टरको अनुगमनमा जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा ,समन्वय अधिकारी राम लाल प्याकुरेल , जिल्ला समन्वय समितिका सदस्य जयराज भारती , पातारासी गाउपालिकाका अध्यक्ष लक्षिमान बोहोरा, पातारासी गाउपालिकाका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक पुन्नकली महतारा लगायत पत्रकारहरुको सहभागीता रहेको थियो ।