घरमा सुत्केरी हुने दर शुन्यमा झार्नका लागी हिमामा महिला संग उपाध्यक्ष कार्यक्रम

जुम्ला ः हिमा गाउपालिकाकी उपाध्यक्ष हिमाली रोकायाले भनिन्, घरमा सुत्केरी हुने दर शुन्यमा झार्नका लागी महिला संग उपाध्यक्ष कार्यक्रमा लागु गरिएको छ । हिमाका केही प्रतिशत महिला ‘अहिले पनि सुत्केरी हुन स्वास्थ्य संस्थामा जाँदैनन् । गर्भवती हुदा आमा र बच्चालाई पोसिलो खाने कुरा खुवाउदैनन । सुत्केरीमा पाउनु पर्ने आराम पाउँदैनन् त्यही भएर यहाँका सुत्केरी सुरक्षित छैनन । अब सुरक्षित रुपमा स्वास्थ्य संस्थामा सुत्केरी गराउन र आमा र बच्चाको सुरक्षामा संवेदनशिल बनुन् भन्ने हेतुले सुत्केरी स्याहार तथा सुरक्षाका बिषय प्राथमिकतामा राखिएको उपाध्यक्ष रोकायाले बताइन् ।

त्यस्तै हिमाका सुत्केरी महिलालाई पोष्णयुक्त खानेकुरा बितरण गरिएको छ । हिमा गाउँपालिकाकी उपाध्यक्ष हिमाली रोकायाले महिला संग उपाध्यक्ष कार्यक्रम मार्फत सुत्केरीलाई पोषिलो खाना र बच्चालाई न्यानो कपडा बितरण गरेकी हुन ।उनले कोसेली स्वरुप पोषणका सामाग्री लिएर गाउँबस्तीमा पुगेकी छन । सुत्केरीलाई एक क्यारेट अण्डा र ५ पोका तेल, बच्चालाई कम्मल र भोटोचोलो लिएर गाउँबस्तीमा पुगेको बताइन । उनी आमा र बच्चाको स्वास्थ्य सुरक्षाका लागि कोसेली लिएर गाउँमा जाँदा स्थानीय उत्साहित थिए । उनले गाउँमा पुगेर कोसेली दिने र संगसंगै सुत्केरी स्याहार लगायतका बिषयमा छलफल गरेकी छन ।गाउँपालिकाले तयार गरेको महिला संग उपाध्यक्ष कार्यक्रम अन्र्तगत उपाध्यक्ष रोकायाले सुत्केरीलाई पोषिलो खानेकुरा, बच्चालाई न्यानो कपडा, एकल महिलालाई धोति र सल प्रदान गरेकी हुन । दुर्गमताका कारण यहाँका सुत्केरीले आराम गर्न र पोषिलो खाना पाउँदैनन् । उनले भनिन्,‘गाउँमा सुत्केरी स्याहारका बिषयमा सचेतना दिदै कोसेली प्रदान गरिएको छ ।

’गाउँपालिका भरीका एक सय सुत्केरीलाई पोषिलो खानेकुरा, १ सय जना एकल महिला लाई धोति, सल र एक सय बच्चालाई न्याने कम्मल र भोटे चोलो उपलब्ध गरिएको उपाध्यक्ष रोकायाले बताइन् । यही कार्यक्रम भित्र रहेर जेष्ठ नागरिकलाई सम्मान र विपन्न बालबालिकालाई स्टेशनरीका सामाग्री प्रदान गरिएको छ ।

महिलालाई सीपमा पोख्त बनाउन हाते होजियारी तालिम दिइएको छ । उनले भनिन्,‘दुर्गमका महिलाले भोग्नु परेको समस्या केन्द्रीत कार्यक्रम लिएर गाँउबस्तीमा पुगिएको छ । उपाध्यक्ष रोकायाले भनिन ,महिला स्वास्थ्य हुन आत्मनिर्भर हुन । महिला सरसफाईका क्रियाकलापमा अग्रसर बनुन्,अन्यायको विरुद्धमा आवाज उठाउन सकुन भनेर गाउँमा महिलालाई सचेतना दिने गरिएको उनले बताइन । उपाध्यक्ष रोकायाले गाउँपालिकाको कालिकाखेतु प्राथमिक स्वास्थ्य केन्द्र,महाबैपातरखोला र बड्की बर्थिङ सेन्टरमा एक एक लाख रुपैयाँको आपतकालिन सुत्केरी कोष खडा गरिएको बताइन् । गाउँपालिका भित्रका ७ वडाका २८ गाउँमा पुगेर स्वास्थ्य,शिक्षाका बिषयमा सचेतना फैलाइएको उनले बताइन । महिला संग उपाध्यक्ष कार्यक्रममा हिमा गाउँपालिकाले ५० लाख रुपैयाँ विनियोजन गरेको थियो ।