समृद्धिको आधार नै कृषि हो ः मन्त्री शाही

जुम्ला ः कर्णालीको आर्थिक समृद्धिको आधार नै कृषि क्षेत्र भएको कर्णाली प्रदेसका भुमि व्यवस्था तथा कृषि सहकारीमन्त्री कुर्मराज शाहीले बताए । उनले पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लामा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन उनले भने,‘ कर्णाली प्रदेशमा निर्यात गर्ने सुर्खेत सल्यान पछि जुम्ला नै हो । यो राम्रो र सुन्दर पक्ष हो । जुम्लाले कृषि उत्पादनमा बृद्धि गरेर कृषिमा आत्मनिर्भर बनाउनु पर्ने देखिन्छ । ’भुमि व्यवस्था तथा कृषि सहकारीमन्त्री कुर्मराज शाहीले जुम्लाले सिंगो कर्णालीबासीलाई पाल्ने क्षमता राख्नु पर्ने बताएका छन । उनले स्याउ,सिमी,आलु लगायतका महत्वपुर्णवालीको पकेट क्षेत्र भएकोले जुम्लाले सिंगो कर्णालीलाई पाल्न सक्ने क्षमता राख्ने बताएका हुन ।

अहिले जुम्लाले ३३ करोड बराबरको कृषिबस्तु निर्यात गरेको छ । आगामी दिनमा बढेर ६६ करोड कृषि बस्तुको निर्यात होस, उनले थपे,‘ स्याउ,सिमी र आलुको ब्राण्ड क्षेत्रका रुपमा स्थापित होस ।’ हामी कर्णालीबासी गरिबको ब्राण्ड हौँ । मागि खानेको ब्राण्डमा छौँ । यो ब्राण्ड अन्त्य गर्न जुम्ला अघि बढोस, मन्त्री शाहीले भने,‘ कृषि क्षेत्रको ब्राण्ड बनाउन कर्णाली प्रदेश सरकार सदैव तयार रहनेछ । ’उनले गोठालो भत्ता,किसानलाई सुनको हलो, एक पकेट क्षेत्र एक जेटिए कार्यक्रम ल्याउन थालेको बताए । उनले भने,‘यो कार्यक्रमले कृषि क्षेत्रलाई बढवा दिनको लागि महत्वपुर्ण योगदान दिनेछ । ’ उनले प्राविधिक विद्यालयमा पढ्दै सिक्दै कार्यक्रम शुरुवात भएको बताए ।कृषि क्षेत्रमा अनुभव नभएको बताउँदै मन्त्री शाही बिस्तारै कृषि क्षेत्र चिन्न थालेको बताए ।

गोठालोलाई सम्मानित गर्नुपर्छ । भेडा,बाख्रा, भैसी पाल्न प्रोत्साहन मिल्छ । दुध ढुवानीमा अनुदान,स्याउ बिरुवा रोप्नको लागि खाल्डो खन्नमा अनुदान दिने व्यवस्था गरिएको उनले बताए । लिफ्ट सिचाइँका लागि बत्तिमा अनुदान उपलब्ध गराउनेछौँ । नीति कार्यक्रममा समाविष्ट गरेका छौँ, उनले थपे । पानी संकलन पोखरी निर्माण गर्ने र पाइपको प्रबन्ध गर्नेछौँ । प्रत्येक रोड करिडोरमा कसैले उत्पादन गर्न चाहेमा अनुदान दिने व्यवस्था गरिएको छ ।

कृषि क्षेत्रको मुहारमा परिवर्तन ल्याउन निकै पहल गरिएको छ ।मन्त्री शाहीले निष्पक्ष ढंगले काम गर्न निर्देशन दिए । मान्छेको अनुहारमा हेरेर निर्णय नलिनु होला । नीति कार्यक्रमलाई मार्गदर्शन बन्दै साझेदारीमा जानुहोला,मन्त्री शाहीले भने । आगामी आर्थिक बर्ष २० पालिकालाई अर्गानिक क्षेत्र घोषणा गर्ने योजना रहेको बताए । तीन बर्षभित्र अर्गानिक कर्णाली प्रदेश घोषणा गछौँ । अर्गानिक घोषणा गर्न चाहिने आधारभुत कामलाई अनुदान दिने व्यवस्था छ ।

जो जहाँ छौँ समृद्धिका लागि अघि बढौँ । जति चिज प्राप्त छ । त्यसको सदुपयोग गरौँ । समृद्ध ब्राण्डका रुपमा कर्णाली प्रदेशलाई लगौँ मन्त्री शाहीले बताए ।कार्यक्रममा कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटा, पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोबिन्दबहादुर महत, कृषिमन्त्रीका नीजि सचिव नबराज शर्मा,प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि क्षेत्र विकास कार्यक्रम समन्वय इकाई लगायतले आफ्नो प्रगति