सुचना तथा प्रसारण बिभागको सेवा दुर्गम केन्द्रित
जुम्ला ः नेपाल सरकार सुचनजातथा प्रसारण बिभागको सेवा दुर्गम केन्द्रित भएको छ। कर्णालीका बिगत जिल्लाहरुका पत्रकारले काठमाण्डौ पुगेर सेवा लिन नसके पछि सुचना बिभागको सेवा दुर्गम केन्द्रित भएको हो । सजका कारण जुम्लाका ६२ जना पत्रकारले जुम्लामै प्रेसपास पाएका छन् । सूचना तथा प्रशारण विभागले दिने सरकारी प्रेसपासे जुम्ली पत्रकारले यस वर्ष जुम्लामै प्राप्त गरेका हुन् । नेपाल पत्रकार महासंघ शाखा जुम्लाको आयोजना र सूचना तथा प्रशारण विभागको सहयोगमा जुम्लामा संचालित तीन दिने घुम्ती शिविरि मार्फत यहाका ६२ जना पत्रकारलाई प्रेसपास वितरण गरेको छ । त्यस्तै जुम्लामा ५ वर्षदेखि अस्थायी रुपमा दर्ता भई नियमित संचालन भईरहेको कर्णाली पोष्ट दैनिक पत्रिकालाई पनि सूचना तथा प्रशारण विभागको टोलीले स्थायी रुपमा दर्ता गरेको छ ।
यस अघि प्रेसपास ल्याउन, तथा नविकरण गर्न हरेक पत्रपत्रिका , अनलाईन दर्ता नविकरण गर्नका लागि जिल्लाबाट काठमान्डौ धाउनु पर्ने बाध्यता थियो । दुर्गमका पत्रकारहरुको समस्यालाइ मध्यनजर गर्दै विभागको टोली जुम्लामै पुगेर सेवा दिएको छ ।
बभिागले प्रेसपास वितरणका साथै पत्रकारहरुका लागि तीन दिने क्षामता विकास तालिम समेत संचालन गरिएको छ । त्यस्तै सूचना तथा प्रशारण विभागको आयोजनामा पत्रकारहरुलाई र नेपाल पत्रकार महासंघ जुम्लाको आयोजना तथा सूचना विभागको सहयोगमा अपंगाता भएका व्यक्तिलाई तीन दिने तालिम सञ्चालन गरिएको थियो । दुर्गमका पत्रकारहरुको समस्या बुझ्दै पछिल्लो समय सूचना विभागले आफ्ना सेवाहरु दुर्गम केन्द्रित गरेको हो ।
एकिकृत प्रेसपास घुम्ती शिविर दिनका लागी जुम्ला पुगेका सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगन बहादुर हमालले दुर्गमका पत्रकारहरुको राहतका लागि शिविर संचालन गरिएको बताए । उनले भने रिपोटिङ संगै महत्वपुर्ण काममा प्रेस पास अति आबश्यक पर्छ । गृह जिल्ला जुम्लाकै महानिर्देशक हमाल ले भने ,“पत्रकारहरुको सुरक्षा बिमा तथा सरकारी सेवा सुविधा सुनिश्चित गर्नका लागि प्रेसपास दिईको बताए । उनले भने आगामी दिनमा पनि दुर्गम जिल्लाका पत्रकारहरुको राहत मुलक अन्य काम गरिने छ ।”
भौतिक उपस्थितीमै काडमान्डौ पुगेर प्रेसपास नविकरण गर्ने, अनलाईन दर्ता नविरकण गर्ने पद्धतीलाई अन्त्य गर्दै पत्रकार तथा संचार माध्यम संग सम्बन्धीत सेवाहरु अनलाईन माध्यमबाट संचालन गरिने बताए । जुम्लामै पुगेर प्रेसपास वितरण गर्दा दुर्गमका पत्रकारहरुका लागि ठुलो राहत भएको जुम्लाका पत्रकार रतन वडले बताए । उनले भने काठमान्डौ पुगेर प्रेसपास लिन आर्थिक तथा भौगोलिक दुरीले समस्या हुन्थ्यो । तर विभागको टोली जुम्लामै पुगेर पत्रकारलाई राहत भएको छ ।”
त्यस्तै नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले जुम्ली पत्रकारहरुको समस्या र महासंघको अनुरोधलाई स्वीकार गरेर जुम्लामै कार्यक्रम गरिदिएकोमा बिभागको टोलीलाई आभार ब्यक्त गरेका छन । उनले दुर्गमका पत्रकारहरुको क्षामता अभिबृद्धि देखि संचार गृहको व्यवस्थापनका लागि पनि विभागले आगामी दिनमा पनि आबश्यक सहयोग गर्ने आशामा रहेको बताए । उनले थपे महासंघले जुम्ला पत्रकारहरुको पेशागत सुरक्षाका लागि आगामी दिनमा पनि निरन्तर पहल तथा पैरबी गर्ने छ ।” यसअघि विभागको टोलीले साविक कर्णालीको दुर्गम जिल्ला हुम्ला पनि प्रेसपास वितरणदेखि अनलाईन दर्ता शिविर संचालन गरेको गरेको छ । विभागको टोलीलाई पत्रकार महासंघ जुम्लाले औपचारिकक रुपमा सम्मान तथा बिदाई समेत गरेको छ ।









