जुम्लाका महिला जागरण कर्मी शाही सहित चार पत्रकार सम्मानीत

जुम्ला। जुम्लाका महिला जागरणकर्र्मी शाही सहित चारजना क्रियाशिल पत्रकारलाई सम्मान गरिएको छ । दोस्रो लहरको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा उल्लेखीय भुमिका खेलको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन समितिले चार जना पत्रकार, संचार गृह,गैसस, नीजि क्षेत्रलाई म्मान गरेको हो । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले सम्मान तथा कदर पत्र वितरण कार्यक्रममा महिला जागरण कर्मी दिलमाया शाहीलाई सम्मान गरेका हुन ।
दोस्रो लहरको कोरोना रोकथाम संगै जिल्लाको सुशासन,पारदर्शिता कायम तथा विकास निर्माण देखि आर्थिक अनियमितता ढिलासुस्तीका क्षेत्रमा आफ्नो निस्पक्ष कलम मार्फत निरन्तर खबरदारी गरेकोमा सम्मान प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । सम्मानीत हुने पत्रकारहरुमा कारोबार तथा रेडियो नेपालका जुम्ला संबादाता सागर परियार, नयाँपत्रिकाका संबाददाता मानदत्त रावल,नागरिक दैनिकका संबाददाता धनबहादुर बुढा र थाहा खबरका संबाददाता तथा महिला जागरणका अध्यक्ष दिलमाया शाही रहेका छन् ।
त्यस्तै, दोस्रो लहरको कोभिड रोकथाममा उल्लेखीय भुमिका निभाउने जुम्ला स्थित गैसस सरकारी संस्था, नीजि क्षेत्र, रेडक्रमलाई तथा सुरक्षा निकायलाई समेत सम्मान प्रादन गरिएको छ । गैससहरुमा किर्डाक नेपाल पेश नेपाल क्याड नेपाल,सेडा नेपाल,ग्रामिण परिबेश,प्लान नेपाल वल्र्डभिजन रहेका छन् । भने, रेडक्रमस,उद्योग बाणिज्य संघलाई कदर पत्र दिइएको छ । कार्यसम्पादनमा उत्साह थप्न उर्जा थप्नका लागि रसामाजिक उत्तरदायित्व बोध गराउनका लागि पत्र

सम्बन्धित समाचार