सुनौला हजार दिनका आमालाई तरकारीको बिउ बितरण
जुम्ला ः जुम्लाका सुनौला हजार दिनका आमालाइ तरकारीको बिउ बितरण गरिएको छ । चन्दननाथ नगरपालिकाको एक वडा कार्यालले बिउ बितरण गरेको हो । कुपोषण दर घटाउन वडामा रहेका सुनौला हजार दिनका आमालाई बिउ वितरण गरिएको चन्दननाथ नगरपालिकाका उपमेयर अप्सरा देवी न्यौपाने (महत )ले बताइन । उनले भनिन महिला घरको कामकाजमा बढी ब्यस्ता बन्ने हुनछ । यसले गर्दा आमा र बच्चको बिकास भएको हुदैन । उनीहरुलाई आराम गर्न र पोषिला खाने कुरा खुना सुझाएका छौ ।
तागतीला खाने कुरा हरिका सागपता खाना र धेरै भारी नबोक्न आग्रह गरिएको उपमेयर न्यौपाने (महत )ले बताइन सुनौला हजार दिनका आमाले बर्षा यामको मौसममा हुने तरकारीको बिउ वितरण गर्न लागेको हो । आमा र बच्चाको पोषण अवस्था सुधारका लागी सुनौला हजार दिनका आमालाई तरकारीको बिउ वितरण गरिएको चन्दननाथ नगरपालिकाको एक वडाका अध्यक्ष जय बहादुर रावलले बताए । उनले भने २५ वडाका जनालाई प्याज ,काउली जस्ता बिभिन्न थरीका तरकारीको बिउ वितरण गरिको हो ।








