महिला स्वास्थ्यस्वयम सेविकाको योग्दानलाई कदर गर्दै स्थानिय सरकार

जुम्ला ः नागरिकको सेवाको लागी निरणन्तर खटिने महिला स्वास्वास्थ्य स्वयमसेवीकालाई चन्दननाथ नगरपालिकाको नौ वडाले सम्मान गरेको छ।कोरोनाको महामारी मा पनि निरणन्तर खटिने महिला स्वास्थ्य स्वयम सेविकाको योगदानको कदर गर्दैसम्मान गरिएको हो ।आधारभुत्त स्वास्थ्य उचारकार योग्दान पुर्याउने स्वमसेविकाको उच्च मनोबल बढाउनकै लागी सम्मान गरिएको चन्दननाथ नगरपालिकाका उपमेयर अप्सरा देवी न्यौपाने महतले बताइन । उनले भनिन नागरिकको सेवाका खटिने महिला स्वयम सेविकाको कदर गर्न जरुरी छ ।

स्वयम सेविका कोरोनाको महामारी देखी नागरिकको आधारभुत्त उपचारको लागी सेवा दिर्दै आएका छन । त्यसैले उनिहरुलाई मनोबल बढाउनकै लागी भएपनि पछेरा ओढाएर सम्मान गरीएको चन्दननाथ नगरपालिका नौ वडाका वडा अध्यक्ष मिम बहादुर डाँगीले बताए । उनले भने सबै भन्दा नजिकैको सरकार वडा सरकार हो । राम्रो काम गर्ने सबैको कदर गर्नु हाम्रो दायित्व पनि हो ।

अध्यक्ष डाँगीले भने , त्यसैले नौ वडाका ११ जना महिला स्वास्थ्य स्वयम सेविकालाई सम्मान गरेका हौ । स्वास्थ्य स्वयम सेविकाले गाउमा स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन नागरिकलाई सचेत गरेका छन् । पछिल्ला दिनमा कोरोनाको दोस्रो लहर बढ्दै गएको र दैनिक सङ्क्रमितको सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि नागरिकलाई सचेत बनाउन स्वास्थ्य स्वयम सेविकालाई आग्रह गरेका छन् ।