प्रजिअ थापाले गरे १३ महिने कार्यकालमा भए गरेका प्रगति बिवरण सार्वजानिक

जुम्ला ः जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थपाले १३ महिने आफ्नो कार्यकालमा भए गरेका प्रगति बिवरण सार्वजानिक गरेका छन । गृह जिल्ला प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी समाल्नु भएका प्रजिअ थापाकोसरुवा भएपछि उनले आफ्नो कार्यत्रकालमा भए गरेका प्रगति बिवरण पत्रकार सम्मेलनको आयोजना गरी सार्वजानिक गरेका हुन ।
थापा जुम्ला जिल्लाको प्रमुख जिल्ला अधिकारीको भूमिकामा रहदा सम्पादित मुख्य मुख्य कार्यहरु

कोरोना रोकथाम तथा नियन्त्रण DCCMC÷DCMC बैठक ३४ वटा सम्पन्न गरिएको छ सबै स्थानियतहमा ५० बेडको क्वारेन्टाईन ÷आईसोलेशन निर्माण गरिएको छ । कोरोनाको दोस्रो लहर रोकथाम तथा नियन्त्रण कार्ययोजना ,२०७८ कार्यान्वयन गरिएको छ । कोभिड भेकिल तथा शववाहन संचालन RDt\ Antigen Based Test सहित जिल्लाको सिमानामा Health Desk संचालन, गाँउपालिका अध्यक्ष नेतृत्वमा आईसोलेशन व्यवस्थापन समिति गठन र उपाध्यक्षको नेतृत्वमा जनचेतनामा तथा प्रचार प्रसार गर्न समिति गठन गरिएको छ । स्थानीय तहमा क्वारेन्टाईन तथा आईसोलेशन अनुगमन गरिएको थियो । नागरिकलाई कोरोना बाट बचाउन तपाईको मास्क खै अभियान संचालन गरिएको थियो । कोरोना रोकथाम नियन्त्रण गर्न गैसस सहयोग आहवान गरी अक्सिजन सिलिण्डर र अक्सिजन कनसेटेटर सहित ७२ लाख ४३ हजार ८०९ बरावरको भन्दा वढी स्वास्थ्य साम्रगी संकलन तथा वितरण गरिएको छ । ८वटै स्थानीय तह र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई वितरण गरिएको छ । कोरोना संक्रमण अत्याधिक बढे पछि नागरिक जीउ धन सुरक्षा गर्न १५ पटक जति निषेधाज्ञा जारी गरिएको छ ।माक्स नलागाउनेलाई जरिवाना तथा कारवाही कोरोनावाट मृत्यु भएका व्यक्तिहरुको लाश व्यवस्थापनमा समन्वय गरिएको छ । विपद व्यवस्थापन तथा राहत वितरण गरिएको छ । विपद पूर्व तयारी तथा प्रतिकार्य योजना ,२०७७ अद्दयावधिक गरिएको छ।

मनसुनजन्य विपद पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना ,२०७८ निर्माण गरी कार्यान्वयन गरिएको प्रजिअ थापाले बताए । उनले भने हिमपात पूर्व तयारी तथा प्रतिकार्य योजना ,२०७८ निर्माण सोही अनुसार गरीब तथा विपन्न परिवारलाई न्यानो वितरण कार्यक्रम अन्तरगत ८ वटै स्थानीय तहका १७१ जनालाई न्यानो कम्बल र ८३ जनालाई न्यानो ज्याकेट वितरण हो । तिला गाँउपालिका वडा नं ७ मा मिति २०७७।१०।१३ आगलागीमा २४ घण्टामा भित्र सरोकारवालासँग समन्वय बैठक राखी अग्नी पिडीतलाई घटनास्थलमा गई तत्काल गुजाराका लागि ३० घररिवारलाई ३५ कम्वल ,३५ ज्याकेट , १० त्रिपाल र ३० टेन्ट सहित ५ लाख ४० हजार नगद राहत वितरण गरिएको बताए ।अधिक बर्षाभई पहिरोमा परी तथा आगलागी परी घरवास पूर्ण क्षति पुगेकोलाई व्यक्तिलाई घरपरिवारलाई ११५००० नगद राहत वितरण गरिएको छ ।
सडक बेवारिस भई कठिन जिवन विताईरहेका ४ जना व्यक्तिलाई मानव सेवा आश्रममा नगरपालिकाको सहजिकरणमा पूनस्थापना गरिको छ । भने अभिभावक विहिन २ जना बालिकाको अपांग तथा पुर्नस्थापना केन्द्र सहजिकरणमा पुर्नस्थापना गरिएको छ । विपद व्यवस्थापन समितिको बैठक १८ वटा बैठक सम्पन्न गरिएको उनले बताए ।कर्णाली प्रदेश सरकार माननीय मुख्य मन्त्री महेन्द्र वहादुर शाहीको अध्यक्षतामा बसेको बैठकमा जुम्ला जिल्लाका पहिरो वाटजोखिम ४ वटा बस्ती स्थान्तरण गर्न संघ र प्रदेश सरकार सँग माग गर्ने , शव वाहन व्यवस्था माग गर्ने र उपभोक्ताले गर्न सक्ने विकास निर्माणमा डोजर प्रयोग नगर्ने लगायत महत्वपूर्ण गरिएको बताए ।
सार्वजानिक सेवा प्रवाह र सुधार
जिल्ला भित्र सरकारी कार्यालयहरले प्रदान गर्ने जनमैत्री तथा सेवाग्राही मैत्री वनाउन जिल्ला प्रशासन सुधार कार्ययोजना ,२०७७ प्रकाशन ल्याई कार्यान्वयन गरेको छ । जिल्ला स्थित कार्यालयहरुले प्रदान सेवाहरु प्रभावकारीता अभिवृद्धि तथा सुशासन कायम गर्न लागि ११वटा कार्यालय प्रमुखको बैठक सम्पन्न भएका छन । जिल्ला प्रशासन कार्यालय जुम्लाको आ.व.२०७७÷ २०७८ को वार्षिक कार्यक्रम क्यालेन्डर तयार गरी कार्यान्वयन भएको छ । डिजिटल नागरिक वडापत्रको मार्फत जिल्ला प्रशासन कार्यालयवाट प्रदान गरिने सेवाहरुको जानकारी दिई सेवाग्राही पहुँच अभिवृद्धि गरिएको छ ।

कार्यालय प्रदान गरिने सेवाप्रवाह प्रक्रिया तथा सूचना पहुँच अभिवृद्धि गर्न “DAO jumla मोबाईल एप्प निर्माण तथा संचालन छ । जिल्ला प्रशासन कार्यालय जुम्ला विभिन्न फाँट प्रदान गरिने सेवा र परिसर अनुगमन सिसिटीभी जडान गरी नियन्त्रण र निगरानी गर्ने गरिएको छ । सिसिटीभी जडानको लागि निवेदन अनुसार ९ जनालाई अनुमति प्रदान गरिएको प्रअिज थापाले बताए । कार्यालयवाट प्रदान गरिने सेवाहरु बंशजको नागरिकता २२९३ जना , प्रतिलिपी संशोधन २४६ जना , प्रतिलिपि नागरिकता १०२० जना , नाबालक परिचयपत्र ३४ जना प्रदान गरिएको छ । संस्था नविकरण ३० वटा, संस्था दर्ता ८ वटा , प्रमाणित सिफारिस ३७७ जना ,राष्ट्रिय परिचयपत्र सिफारिस ८४८ ,राहदानी सामान्य सिफारिस २१८ जना र दुर्त २४० गुनासो सम्बोधन ७०२ जनालाई गरिएको ।साथै गुनासो सम्बोधन गर्न सेवाग्राही सन्तुष्टी सर्वेक्षण शुरु गरिएको छ ।

अभद्र व्यवहार जुवा तास गरी २१ जना विरुद्ध मुद्दा चलाई कारवाही गरिएको प्रअिज थापाले बताए । राजश्व संकलन( राहदानी, न्यायिक दण्ड जरिवानार संघसंस्था) रु ७५३५५० गरिएको छ । ।लागु औषध विरुद्ध सचेतना तथा कारवाही गरिएको छ भने लागुऔषध नियन्त्रण कार्ययोजना ,२०७७ लागु गरिएको छ । कर्णाली प्राविधिक शिक्षालय र चन्दननाथ मा विमा लागु औषध दृव्यसनी विरुद्ध अन्तर्क्रिररया कार्यक्रम संचालन भएको छ । लागुऔषध सेवन कर्ता र कारोवारीलाई नियमानुसार कारवाही र अवैध तथा घरेलु मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्ययोजना ,२०७७ लागु गरिएको छ ।

शान्ति सुरक्षा तथा अपराध नियन्त्रण
भित्र शान्ति सुव्यवस्था कायम गर्न जिल्ला सुरक्षा समितिको ३८ वटा बैठक सम्पन्न भएका छन। एकीकृत रणनीतिक सुरक्षा योजना २०७७ तर्जुमा तथा कार्यान्वयन भएको छ । जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बल त्रिपुरा गण निरीक्षण गरिएको छ , । प्रहरी चौकी निरीक्षण पहिलो पटक भएको थियो । प्रजिअ थापाको पालामा कालिकोट र जुम्ला जिल्लाको सिमाना नाग्म अन्तर जिल्ला अपराध न्यूनिकरण सचेतना कार्यक्रम स्थानीय तहको सहभागिता सम्पन्न गरिएको थियो । त्यस्तै अन्तर जिल्ला सुरक्षा निकायका पदाधिकारीहरु विच समन्वय जुम बैठक २ पटक र सहजीकरण समन्वय तथा अनुगमन गरिएको छ । बजार अनुगमन ५ पटक र १ फर्मलाई कारवाही तथा म्याद नाघेका वस्तुहरु बरामदी र नष्ट गरिएको छ । सरकारी कार्यालयहरुको अनुगमन तथा कारवाही गरिएको छ । विविध बैठक २२ वटा भएका छन ।अनुगमन तथा मुल्याङ्कन समितिको बैठक २ पटक , र स्थानीयतह प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतसँग समन्वय बैठक २ पटक भएका छन ।
सूचना हक तथा पार्दशिता
प्रजिअ थापाले नागरिकको सूचना हकलाई सुनिश्चतता गर्न प्रत्येक कार्यालयमा सूचना अधिकारी तोक्ने व्यवस्था गरेका थिए । उनले सूचना अधिकारीको फोटो सम्पर्क नम्बर र ईमेल सहित फ्लेक्स प्रिन्ट कार्यालयमा राख्ने व्यवस्था मिलाईएका थिए । जिल्ला स्थित सम्पूर्ण कार्यालयहरुलाई प्रत्येक ३ महिनाको कामकारवाही स्वत प्रकाशन गर्न निर्देशन गरिएको बताए । जिल्ला स्थित सरकारी कार्यालयको आ.ब. २०७७।२०७८ को शुरुमै सार्वजानिकिरण गर्ने कार्यक्रम आयोजना गरिएको थियो । अन्तराष्ट्रिय विपद प्रतिकार्य दिवस तथा उक्त दिवसको अवसरमा कोरोना रोकथाम तथा नियन्त्रणमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सम्मान तथा कदर पत्र वितरण गरिएको छ ।
चुनौतीहरु
प्रशासन प्रति स्थानीय जनता असहयोगी व्यवहार , प्रजिअलाई २ पटक कोरोना संक्रमण र कार्यसम्पादनमा असर ,स्थानीय तहले स्थानीय प्रशासनलाई समन्वय सहकार्य गर्न सकारात्मक भूमिका खेल्न नसक्नु ,कोरोनाप्रतिको विभाजित बुझाई ,राजनीति दलहरुले कोरोना संक्रमण नियन्त्रण गर्न आफ्नो जिम्मेवारी प्रर्दशन गर्न नसक्नु ः पार्टीको कार्यक्रम गर्न होडबाजी , स्थानीय प्रजिअलाई विवादस्पद वनाउन खोज्नु , विद्युत सेवा र संचार सेवा आपूर्तिमा कठिनाई, जिल्ला विकास र
समृद्धिको लागि जुम्ला बासीले सोच्नु पर्ने अबको बाटो
नागरिकको सकारात्मक सोच र सहयोगी व्यवहार, स्थानीय तहको विकास निर्माणमा जनउत्तरदायी र जवाफदेहिता , राजनीतिक दलको नागरिकप्रति जिम्मेवारीता तथा जवाफदेहिता, निष्पक्ष तथा खोजमुलक पत्रकारिता , कर्मचारीको जवाफदेहिता र व्यवसायिकता ,नागरिक कर्तव्य एवं दायित्व तथा आत्मअनुशासन आश्यक रहेको औल्याए ।

सम्बन्धित समाचार