समुदायस्तरमा फैलिएको कोरोना नियन्त्रण गर्नकै लागी निषेधाज्ञा पूनः जारी


जुम्ला ः समुदायस्तरमा फैलिएको कोरोना नियन्त्रण गर्नकै लागी २१ गते राती १२ बजे गते सम्मका लागी निषेधाज्ञा पूनः जारी गरिएको छ । विश्वव्यापी रूपमा फैलिएको नोबेल कोरोना भाइरस कोभिड–१९ नया भेरियन्ट सहितको दोस्रो लहरको सक्रमण तथा रोगका कारण मृत्यु हुने संख्या दिनानुदिन तिब्ररुपमा बढिरहेको अवस्थालाई मध्यनजर गर्दैै निषेधाज्ञा जारी गरिएको हो । तिव्र संक्रमण र उक्त रोगवाट मृत्यु हुने संख्या दिन प्रतिदिन वृद्धि भएको छ । जुम्ला जिल्लामा पनि काराना भाइरसका संक्रमणका संक्रमितको दर निरन्तर वृद्धि भई समुदायस्तरमा अझै व्यापक फैलिन गएको हुँदा तत्काल तीव्र संक्रमणको साङ्लो तोडन आबश्यक छ ।

आम जनसमुदायमा जनस्वास्थ्य प्रति संवेदनशिल रही कोभिड –१९ को जोखिम न्यूनीकरण, रोकथाम तथा नियन्त्रण र जनताको जिउधनको सुरक्षा गर्ने राज्यको अहम दायित्वलाई दृष्टिगत गरी जिल्ला कोभिड– १९ संकट व्यवस्थापन समितिको २०७८÷०३÷१४ गते बैठकको निर्णय अनुसार २०७४।०३।१४ गते राती १२ बजे देखि २०७८÷०३÷२१ गते राती १२ बजे गते सम्मका लागी निषेधाज्ञा पूनः जारी गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । उनले भने जिल्लाबासीहरूमा निषेधाज्ञा अवधिमा निम्नानुसार आदेश पालना गर्न गराउन हुन समेत अनुरोध छ। प्रशासनले जारी गरेको सुचनामा भनिएको छ, निषेधाज्ञा अवधीमा सबै प्रकारका सभा सम्मेलन, तालिम, सेमिनार, गोष्ठी तथा मानिसहरूको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम सञ्चालन गर्नगराउन पाईने छैन ।

अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर, हिडडल तथा आवत जावत गर्न पाईने छैन । , खुला स्थानमा मानिसहरूको भेला तथा भिडभाड गर्न, सभा, जलस, जात्रा, महोत्सब, पिकनिक तथा भोजभतेर गर्न पाइने छैन । ,विवाह, ब्रतवन्ध सामहिक रूपमा गरिने संस्कारजन्य कार्यमा बढीमा ७ जनासम्म सहभागी भई र जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पुरा गरी घर वा आफू बसेको स्थानमा आयोजना गर्न पाइने तर बाहिर अन्यत्र स्थानमा कार्यक्रम सञ्चालन गर्न गराउन नपाइने . शैक्षिक संस्थाहरू (विद्यालय, कलेज,ट्यूसन सेन्टर, तालिम केन्द्र) हरूमा भौतिक उपस्थिति भई पठनपाठन तथा परीक्षा सञ्चालन गर्न गराउन पाइने छैन । व्यक्ति वा समूहलाई तत्काल नियन्त्रणमा लिई प्रचलित कानून बमोजिम कारवाही गरिने। ८. कृत्रिम अभाव देखाई मूल्य बृद्धि गर्ने वा कालोबजारी, जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानून बमोजिम नियन्त्रणमा लिइने छ । जिमखाना, कभर्डहल, फूटसल, पुल हाउस, सैलुन र व्युटीपालर लगायतका मानिसहरूको भिडभाड तथा अधिक सम्पर्क हुने व्यवसाय तथा कार्यहरू सञ्चालन गर्न पाइने छैन ।

औषधी पसल एवं स्वास्थ्य सामाग्रीका पसलहरू निर्वाध रूपमा सञ्चालन गर्न पाइने . अनिर्वाय रूपमा मास्क लगाउने, बेला बेलामा साबुन पानी वा सेनिटाईज प्रयोग गर्ने र कम्तिमा २ मिटर सामाजिक दुरी कायम गर्ने। ३. दैनिक उपभोग्य खाद्यान्न सामाग्री, लत्ताकपडा, हार्डवेयर, इलोक्ट्रोनिक, स्टेशनरी, प्रिन्टिंग÷प्रेस, तरकारी, फलफूल, दग्ध तथा डेरीमाछा, मासर कृर्षि सामाग्री वेचविखन गर्ने पसलहरू विहान ६ बजे देखि २ बजेसम्म मात्र खुला गर्न पाइने , विकास निर्माणका गतिविधि सूचारु गर्न निमार्ण सामाग्री बोकेका सवारी साधन जनस्वास्थ्यका मापदण्ड पालना गरी एक (१) जना चालक र १(एक) जना सहचालक रहेन गरी सञ्चालन गर्न पाइने। प. बैंक तथा वित्तिय संस्थाको हकमा जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना गरी नेपाल राष्ट्र बैंकको निर्देशानुसार सेवा सुचारु गर्ने व्यवस्था मिलाउने , होटेल, खाजा घर, चिया पसल तथा रेष्टुरेण्ट जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गरी टेकवेय सेवा सञ्चालन गर्न सकिने जिल्ला स्थित सरकारी कार्यालयहरूले आफ्नो सेवाहरू सञ्चालन गर्दा जनस्वास्थ्य तथा सुरक्षाको मापदण्ड पालना गरी सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने छ

हाल कृषि कर्म लगायतका गतिविधि सञ्चालन हने समय भएको हुँदा सकभर सम्बन्धित समुदायका मानिसहरू मात्र परिचालन गरीजनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड परिपालना गरी सञ्चालन गर्ने÷गराउने। . अनिवार्य मास्क लगाउने,बेला बेलामा साबुन पानीले हाल धुने वा सेनिटाइजर प्रयोग गर्ने । . विकास निर्माण कार्य सञ्चालन गर्दा जनस्वास्थ्य तथा सुरक्षा मापदण्डको पूर्ण पालना गरी बढीमा १० जनासम्म कामदार परिचालन गरी
कामदारहरुलाई परियोजना÷ निमार्ण स्थलभित्र बसोबासको व्यवस्था मिलाएर विकास निर्माण कार्य संचालन गर्ने, गराउने ,
आन्तरिक सार्वजनिक यातायात सञ्चालन सम्बन्धमा
।. जिल्ला भित्र सञ्चालन हुने नीजि तथा सार्वजनिक यातायात गते अनुसार जोर विजोर प्रणाली अवलम्बन गरी सञ्चालन गर्ने व्यवस्था मिलाउने,. सार्वजनिक यातायात सञ्चालन गर्दा सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राखेर सञ्चालन गर्न पाइने। सार्वजनिक यातायात सञ्चालन अवधिभर अनिवार्य रूपमा सेनिटाइजर,माक्स र सामाजिक दूरी लगायतका जनस्वास्थ्य तथा सुरक्षाका मापदण्डको पूर्ण रूपमा परिपालना गर्नु पर्ने । तोकिएको भाडा दर भन्दा बढी लिइएको पाईएमा प्रचलित कानून बमोजिम कारवाही गरिने, दायित्व तथा जिम्मेवारीः१. कोरोना रोकथाम तथा नियन्त्रण गर्न माथि उल्लेखित आदेशको पूर्ण परिपालना गर्न सबै नागरिकहरूको दायित्व र जिम्मेवारी हुनेछ।

कारवाही तथा सहजीकरण सम्बन्धमाः. जिल्ला प्रशासन कार्यालय जुम्लाबाट अत्याश्यक कार्यको हकमा जस्तैः– मृत्यु संस्कार, विरामी उपचार तथा कुरुवाको लागि खटिनु परेमा सम्बन्धित स्थानीय तहको सिफारिश तथा आवश्यक कागजातहरू पेश गरेमा मात्र जिल्ला बाहिर यात्रा सहजीकरण तथा समन्वय गरिने . मजदुर, कामदार, स्वदेशी तथा विदेशी पर्यटक लगायत अन्य नागरिकहरू अलपत्र परेको खण्डमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय÷सहजीकरण गर्ने निषेधाज्ञा अवधिभर जारी गरिएको आदेशहरूको उल्लंघन गरेमा जो सुकैलाई स्थानीय प्रशासन ऐन, २०२८ तथा कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश,२०७८ बमोजिम कारवाही गरिने व्यवहोरा सूचित गरिन्छ।

सम्बन्धित समाचार