जुम्ला बजार दुर्गन्दीत भएको प्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण

जुम्ला ः जुम्ला बजारको फोहोरमौला ब्यवस्थापन नभएको बिषयमा राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय, जुम्लाको ध्यानाकषर्ण भएको छ । नेपालको संविधानको धारा ३० को नागरिकको स्वच्छ तथा स्वस्थ्य वातावरणमा बाँच्न पाउने मौलिक हक कार्यान्वयन नभएको भन्दै आयोगको ध्यानकर्षण भएको हो । राष्ट्रिय मानव अधिकार आयोगले चन्दननाथ नगरपालिका को शहरी क्षेत्र अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा फोहोरमैलाको उचित व्यवस्थापन हुन नसकेको पाइएको हुदा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १२ (ग) को बँदा ११ र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३ र दफा ४ को कार्यान्वयन सम्बन्धमा चन्दननाथ नगरपालिकाको कार्यालयवाट लिखित जाकारी कालागी पत्रकाटेको मानव अधिकार अधिकृत किरणकुमार बरोमले बताए । उनले भने यहाको स्थानियतहले फोहोर ब्यवस्थपनको लागी भइरहेका कार्य एवं प्रगतिबारे यथाशिघ्र जानकारी उपलब्ध गराइदिनु हुन निर्देशन गरिएको छ । पछिल्लो समयमा जुम्ला बजार फोहोरले भरीदा दुगन्दीत बनेको छ । स्मार्ट सिटिको नारा लिएको चन्दननाथ नगरपालिका समयमै फोहोर ब्यवस्थापन गर्न नसकेपछि स्मार्ट सिटिको नारामा जुम्ला दुर्गन्दीत बनेको हो । फोहोर मौला ब्यवस्थापन पहिलो नारा बनाएर निर्बाचित भएका जनप्रतिनिधिले समेत फोहोर ब्यवस्थापन गर्न सकेन । जुम्ला बजारको फोहोर एक महिना उठ्न सकेन ।

यसरी बेलाबेला अचाक्ली भएर देखापर्ने फोहोरको समस्या नियमित रहँदै आएको छ । यसको कारण हो, फोहोर विसर्जन गर्ने व्यवस्थित ल्याण्डफिल साइटको अभाव ।फोहोर संकलन गरे पनि विसर्जन गर्ने व्यवस्थित पूर्वाधार निर्माणमा गम्भीर प्रयास भएको छैन । बजारमा नाक थुनेर हिड्नु पर्ने अबस्था आउदा समेत पनि फोहोरको दीर्घकालीन व्यवस्थापन भइरहेको छैन ।

बजार बाट उठाउने गरेको फोहोर पनि जुगाड खोलामा फलिन्छ जसको कारण वातावरण नै दूषित बनेको छ । छिल्लो समयमा फोहोरमैला व्यवस्थापन जुम्लाको प्रमुख चुनौतीका रूपमा देखिन थालेको छ । जुम्लाको फोहोर उठाउन कुनै दिवस कुर्नु पर्ने तथा सेना प्रहरी आउनु पर्ने अबस्था अन्त्ये भएको छैन । तर संविधानले स्थानीय तहलाई फोहोरमैला व्यवस्थापनको जिम्मा दिए पनि उनीहरू जिम्मेवार देखीदैन ।