स्वास्थ्यको लागि सक्षम प्रणाली परियोजनाले ग¥यो प्रतिष्ठानको कोभिड ल्याबलाई सहयोग

जुम्ला ः स्वास्थ्यको लागि सक्षम प्रणाली परियोजनाले जुम्लाको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई ७० लाख भन्दा बढीको स्वास्थ्य सामाग्री हस्तानतरण गरेको छ । युएसएआडिको आर्थिक सहयोगमा संचालित स्वास्थ्यको लागि सक्षम प्रणाली रियोजनाले ७० लाख ३५ हजार ७सय ८७ रुपैयाको स्वास्थ्य सामाग्री प्रतिष्ठानको कोभिड ल्यावलाई सहयोग गरेको स्वास्थ्य आपतकाल तथा सर्विलेन्स प्राविधिक बिनोद पन्तले बताए । उनले भने , यो परियोजनाले जुम्ला स्थितकर्णाली स्वाथ्यबिज्ञान प्रतिष्ठानको कोभिड ल्याबलाइ बायोसे पफ्टि क्याबिनेट तथा ल्यामिनार फ्रलो दियको छ । प्रतिष्ठानकोे RT–PCR ल्याबको लागी सामान हस्तान्तरणा गरिएको हो।

यस अघि युएसएआडिको आर्थिक सहयोगमा संचालित स्वास्थ्यको लागि सक्षम प्रणाली रियोजनाले कर्णालीका अन्य जिल्ला सुर्खेत, दैलेख र रूकुम पश्चिममा पनि सहयोग गरेको छ । स्वास्थ्यको लागि सक्षम प्रणालीले जुम्लाको डिसिसिएमसी मार्फत प्रतिष्ठानको RT–PCR ल्याबको लागी20 and –80 freeze, Centrifuge machine, Autoclave 100 liter, 2–8 refrigerator– पावर ब्याक अप युनिट ,Vortex Machine, हस्तान्तरण भएको छ। स्वास्थ्यको लागि सक्षम प्रणालीले यस अघिको महामारीमा पनि आइसोलेशन, तथा सबै पालिकाका हेल्थ पोष्टमा स्थापना सहयोग गरेको थियो । कोभिड १९ रोकथाम नियन्त्रण मास्क, स्यानिटाइजर, जस्ता स्वास्थ्य सुरक्षाका लागी आबश्यक पर्ने सामाग्रीको लागी सहयोग गर्दै आएको पाइएको छ । त्यस्तै प्रजिअ थापाले भने कोरोनाको लडाई जित्नका लागी सबैलाई आग्रह गरेको छु । उनले भने एका तर्फ कोरोनाको महामारी संग लड्नु छ , भने अर्को तर्फ बिपद छ । त्यसैले सबैसंगको सहकार्य समन्वयको आबश्यकता छ ।