कोरोनाका संक्रमित बढे , नगरपालिकामै छैनन,आइसोलेसन

दिलमाया शाही
जुम्ला ः जुम्लामा कोरोनाका संक्रमित होम आइसोलेनमा बसाल्दा संक्रमित दर तिब्र गतिमा बढेको पाइएको छ ।देशभर झै कोरोनाको दोस्रो लहर जुम्लामा पनि तिब्रगतिमा फैलिरहेको हो ।जुम्लामा यतिबेला गाउँ गाउँमा रुघाखोकीका विरामी धेरै छन् । उनीहरुलाई परीक्षण गरेपछि कोरोना संक्रमण अनिवार्य देखिने गरेको यहाका स्वास्थ्यकर्मीले बताउने गरेका छन । जुम्लाको ८ स्थानीय तह मध्ये धेरै कोरोना संक्रमित चन्दननाथ नगरपालिकामा छन् । नगरपालिका भित्र ६७ जना कोरोना संक्रमित छन् । यहाँ सहरी क्षेत्र र जनघनत्व पनि अरु गाउँपालिका भन्दा बढी नै छ ।
चन्दननाथ नगरपालिकामा संस्थागत आइसोलेन नभएकाले यहाँका सवै संक्रमित होम आइसोलेसन बस्ने गरेका छन् । होम आइसोलेनमा बस्ने संक्रमित कोरोना रोग प्रति संम्बेदनशिल हुने गरेका छैन । संक्रमित आइसोलेनमा बस्ने र स्वास्थ्यकर्मीको निगरानीमा हुनु पर्ने हो । तर संक्रमित नै एक ठाउँबाट अर्काे ठाउँमा जाने र संक्रमण फैलाउने गरेको यहाका स्थानियको गुनासो छ ।यस्तै पातारासीमा ३२ जना, गुठीचौरमा २६ जना, तातोपानीमा ५ जना, तिलामा ११ जना, हिमा २ जना सिँजामा ७ र कनकासुन्दरी गाउँपालिकामा ३२ जना र अन्य ३८ जना गरी २ सय २४ कोभिडको विरामी रहेका छन् ।
शुक्रबार जिल्लामा बसेको कोरोना संकट व्यवस्थापन समितिको बैठकबाट यहाँका आठै स्थानीय तहले ५०÷५० बेडको आइसोलेसन तथा ५÷५ बेडको कोभिड अस्पताल संचालनमा ल्याउने कोभिड संकट व्यवस्थापन समितिले बैठक गरेको छ । तर चन्दननाथ नगरपालिका मेयर कान्तिका सेजुवालले कोरोना रोकथाम तथा नियन्त्रणमा प्रदेश र संघीय सरकारले बजेट नदिएकोले आइसोलेसन कक्षा नबनाउने बताइन् । उनले चन्दननाथ नगरपालिकाभित्र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल छ भनेर बजेट नदिने अहिले हामी कसरी आइसोलेसन कक्षा बनाउने भन्दै आक्रोश व्यक्त गरिन् ।
कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि हामी जनप्रतिनिधि र स्वास्थ्यकर्मी परिचालित छौँ । उनले भनिन् होमआइसोलेसनमा बसेका संक्रमितलाई पोषणयूक्त आहारा वितरण गरेका छौँ । कोभिड संकट व्यवस्थापन समितिको निर्णय अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले स्थानीय तहमा चिकित्सक पठाउने प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेले बताए । उनले भने स्थानीय तहमा चिकित्सकलाई बस्ने वातावरण स्थानीय सरकारले नै व्यवस्थापन गर्नु पर्ने हुन्छ ।








