जुम्लामा कोराना कहर ः नौ दिन सम्म निषेधाज्ञा


दिलमाया शाही
जुम्ला ः जुम्लामा नौ दिनका लागी निषेधाज्ञा लागु गरिएको छ। केहि दिनयता यहाँ कोरोना भाइरसबाट सङ्क्रमितहरूको संख्या बढ्न थालेपछि रोकथाम तथा नियन्त्रण गर्नका लागी बुधवार राति १२ बजेदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको हो। कोभिड—१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णय अनुसार निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए। उनले भने ,जुम्लामा अति आवश्यक सेवा बाहेकका सबै सेवा बन्द गरिएको छ ।
बन्दा अवधिभरी सवारी साधनमा पूर्ण रोक लगाउने होटेल,खाद्यान्न तरकारी फलफूल, ग्यास पसल तथा व्यवसायहरू बिहान ६ बजे देखी ९ बजेसम्म मात्र खोल्न पाइने भएको निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले बताए । उनले भने ,जुम्लामा कोरोना भाइरसको संक्रमणको परिक्षणमा संक्रमितको दर ९० प्रतिशत भन्दा बढि पुष्टि भएकोले जिल्ला प्रशासन कार्यालय जुम्लाले निषेधाज्ञा जारी गरेको छ । नोबेल कोरोना भाइरस कोभिड –१९ नया भेरियन्ट सहितको दोस्रो लहरको संक्रमण तथा रोगका कारण मुलुकमा मृत्यु हुने संख्या दिनानुदिन तिब्ररुपमा बढिरहेकोले जुम्लामा बैशाख ३१ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

संक्रामक रोग ऐन, २०२० को दफा २(२) र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ५(३) बमोजिम बैशाख २२ गते राति १२ बजे देखि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले जानकारी दिए । निषेधाज्ञा उल्लंघन गर्ने व्यक्तिलाई प्रचलित कानून बमोजिम कारबाही गरिने चेतावनी समेत दिएको छ ।
अनिर्वाय रूपमा मास्क लगाउने, बेला बेलामा साबुन पानी वा सेनिटाईन प्रयोग गर्ने र कम्तिमा २ मिटर सामाजिक दुरी कायम गर्ने, अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कन जुम्लाबासीलाई आग्रह गरिएको छ ।
अनुमति प्राप्त सवारी साधन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ ।

जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड अपनाई जिल्ला भित्रका औषधी, उपकरण र उपचारका सामाग्री उत्पादन, बिक्री वितरण तथा दुवानी सेवा,खाद्यवस्तु होम डेलिभरी गर्ने सेवा, बैकिङ, दरसञ्चार, विद्युत सेवा, फोहोर मैला व्यवस्थापन सेवा, एम्बुलेन्स सेवा लगायतका अत्यावश्यक सेवाहरू नियमित रूपमा तथा खाद्यवस्तु, ईन्धन (म्यास, पेट्रोल, डिजेल,मट्टितेल), खानेपानी, दुध फलफूल तरकारी लगायतका अत्यावश्यक व्यवसायहरू दिनमा १ पटक बिहान ६ बजे देखि १ बजेसम्म सुरक्षाका मापदण्ड पालना गरि मात्र खुला गर्ने र अन्य पसल, व्यवसाय, सेवाहरु पूर्णरूपमा बन्द गर्ने गरि निषेधाज्ञा गरिएको छ ।
जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड भित्र रही बढीमा १० जनासम्म कामदार परिचालन गरी कामदारहरूलाई परियोजना निमार्ण स्थलभित्र बसोबासको व्यवस्था मिलाएर विकास निर्माण कार्य संचालन गर्ने, गराउने, व्यवसायीहरुले औषधी र औषधीजन्य सामाग्रीहरुको नियमित आपूर्तिको व्यवस्था गर्ने । कृत्रिम अभाव देखाई मूल्य बृद्धि गर्ने वा कालोबजारी,जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानुन बमोजिम नियन्त्रणमा लिने, सामाग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गर्ने जिल्ला सुरक्षा समितिले निर्णय गरेको छ ।

अत्यावश्यक सेवा प्रदान गर्ने कार्यालयहरूले कार्यालयको काम बाधा नपर्ने गरी आवश्यक संख्यामा कर्मचारीहरुलाई मात्र बोलाई कार्य संचालनगर्ने व्यवस्था मिलाउने,सामाजिक परम्पराका कार्यक्रमहरू विवाह, पुजापाठ गर्दा जनस्वास्थ्य तथा सुरक्षाको मापदण्ड पूर्ण पालना गरी बढीमा १० जना पर परिवार भित्रका मात्र उपस्थितमा मात्र संचालन गर्ने, गराउने, जिल्ला भित्रका कुनैपनि स्थानमा कुनैपनि किसिमको सभा ,समारोह, भेला कार्यक्रम जमघट भई भिडभाड हुने गतिविधि संचालन गर्ने गराउन नपाइने भएको छ ।जुम्लामा एक साताभित्र ६६ जना कोराना सङ्क्रमित फेला परेका छन्।कोरोनाको ’रेड जोन’ मानिएको बाँके जिल्लासँग सीधा हावाई सम्पकर्मा रहेको जिल्ला जुम्ला भएकाले कोराना संक्रमण उच्च जोखिममा छ। बाँकेस्थित नेपालगञ्जको राँझा विमानस्थलबाट जुम्ला विमानस्थलसम्म सीधा हवाई उडान हुने गरेको थियो । जसका कारण जुम्ला कोरोनाको उच्च जोखिममा रहेको सरोकारवालाहरू बताउँछन्।