अस्पतालको फिवर वेडमा राख्नु पर्ने, कोरोना संक्रमितको त्रिपालमुनिको बास

जुम्ला ः सिंजा गाउँपालिका – २ घोडेङ्गा गाउँका नेकपा (विव्लव) नेता चन्द्रविर तिरुवा (रविकिरण) कोभिड संक्रमितका बिरामी छन ् । उनलाई लक्षणसहितको कोरोना संक्रमण देखिएको ८÷९ दिन जति भयो ।
नेकपा (विव्लव) नेता चन्द्रविर तिरुवा (रविकिरण)ले भने , कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा परीक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टि भएको हो । मलाई ज्वरो आउने, खोकी लाग्ने जीउ दुख्ने जस्ता संक्रमणका लक्षण देखिएका छन् ।
बैशाखको तेस्रो साता यतिबेला जुम्लामा बर्षात भइरहेको छ । नियमित बर्षाले चिसो बढी रहेको छ । बैशाख महिनामा गर्मी बढेर तातो हुनु पर्ने हो । तर नियमित बर्षातले चिसो मौसममा कोरोना संक्रमित त्रिपालमुनिको बास भइरहेको छ ।
नेता चन्द्रविर तिरुवा (रविकिरण)को होम आइसोलसनका नाममा त्रिपाल मुनिको बास भएको हो । जुम्लामा कतिपय घर कोठा, साना भएका घर छन् । होम आइसोलेसन बनाउने जस्ता घर छैनन् । घरभित्र बस्दा अरु घरपरिवारलाई संक्रमण सर्ने डरले घर नजिकै जंगलको छेउमा त्रिपाल टाँगेर बसी रहेका छन् ।कोरोना संक्रमत चन्द्रविर तिरुवा भन्छन् कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा परीक्षण गर्दा लक्षणसहितको कोरोना संक्रमण देखिएकोले अस्पतालकै आइसोलेनमा चिकित्सकको रेखदेखमा बस्ने इच्छा हुदा पनि बस्ने वातावरण भएन । अहिले अस्पताल र चिकित्सकको कैयौँ दुरी टाढा जंगलको छेउमा त्रिपालमुनि मेरो बास भईरहेको छ ।

स्वास्थ्यमा केही समस्या आइहाले पनि तत्काल उद्धार गर्न सकिने अवस्था छैन । उनले भने ‘अहिले भगवान भरोसामा बचेको छु । मुखमा लगाउन माक्स पनि पाइएको छैन । प्रयोग गरेर फाल्ने सर्जिकल माक्स पुनः धोएर प्रयोग गर्नुपर्ने बाध्यता छ ।’राज्यले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अरबौँ बजेट खर्च गरेको छ । तर जनताले माक्स समेत नपाएको उनले तर्क गरे । सुरु सुरुमा निकै स्वास्थ्य गाह्रो अवस्थामा थियो । तर अहिले केही सुधार हुदै पनि आएको छ ।
जुम्लामा अहिले कोरोना संक्रमितको संख्या ६६ जना पुगेको छ । यस मध्ये सिंजा गाउँपालिका भित्रका तीन जनामा संक्रमण देखिएको हो । सिंजा गाउँपालिका स्वास्थ्य शाखा संयोजक नरबहादुर रोकायाका अनुसार लक्षणसहितका कोभिडका विरामीलाई अस्पतालको फिवर वेडमा राख्नु पर्ने हो । तर घरमै पठाउने कुरा भयो । उनले भने घरमा कोभिडका विरामीलाई बस्ने सहज वातावरण हुदैन । स्थानीय स्तरमा सामान्य स्वास्थ्य परामर्श दिन बाहेक अरु स्वास्थ्यका विकल्प छैनन् ।
स्थानीय स्तरका स्वास्थ्यकर्मी पनि जोखिममा छन् । दोस्रो लहरको संक्रमण संक्रमण फैलिएपछि स्वास्थ्य सामग्रीको अभाव रहेको उनले बताए । उनले भने संघ, प्रदेश र स्थानीय सरकार कुनैबाट पनि माक्स, स्यानिटाइजर, पिपिई जस्ता स्वास्थ्य सामग्री उपलव्ध भएका छैनन् । स्वास्थ्यकर्मी आफैले किनेर स्वास्थ्य सामग्री प्रयोग गरिरहेका छन् ।
लक्षणसहित कोरोना संक्रमण भएका विरामीलाई अस्पतालकै आइसोलेसनमा राख्नु पर्ने हो । सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावल भने यस्ता विरामी नराखी जिल्लाबाहिर चिकित्सक पठाउने र जिल्लाबाहिरका विरामी ल्याउन उपचार गर्ने गरेको छ ।
यसमा त पहिला जिल्ला भित्रकै विरामीले प्रथामिकता पाउनु पर्ने हो । तर त्यसो देखिएन । अझै पनि यहाँका संक्रमितको उपचार व्यवस्थापनमा हामी संबेदनशिल छौँ । अक्सिजन सिलिण्डर खरिद प्रक्रियामा छौँ ।
कोरोना संक्रमतिको स्वास्थ्यमा समस्या आएको खण्डमा तुरुन्त उद्धार गरी सुविधायुक्त अस्पतालमा पुर्याउने तयारीमा जुटेको उनले बताए । स्थानीय तहमै अस्थायी कोभिड अस्पताल पनि बनाएका छौँ उनले भने अक्सिजन र चिकित्सक नभएकाले समस्यामा परेका छौँ ।

पटक पटक विज्ञापन गर्दा पनि चिकित्सक पाउन सकेनौँ ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निमित्त अस्पताल निर्देशक डा. राजीव शाहका अनुसार राज्यको पोटोकल अनुसार अक्सिजन, भेण्टिलेर अवश्यक पर्ने कोभिड विरामीलाई मात्रै अस्पतालमा राख्ने व्यवस्था रहेको छ । उनले भने अन्य सामान्य कोभिड विरामीलाई स्थानीय स्तरकै आइसोलेसनमा राख्नु पर्ने व्यवस्था रहेको छ । देशभर कोरोना संक्रमण चुलिदै गएकोले यहाँका चिकित्सक अनेत्र जिल्लामा पठाउनु परेको हो । बाहिर जिल्लाका विरामीको उपचार गर्नु परेको हो ।
 अधिकारकर्मीको अनुगमन

राष्ट्यि मानवअधिकार आयोग जुम्ला र नेपाल पत्रकार महासंघ शाखा जुम्लाको एक संयूक्त टोलीले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको अवस्थाका विषयमा स्थलगत अध्ययन गरेको छ ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा जिम्मेवार प्राप्त सरोकारवाला निकायसँग प्रत्यक्ष भेटघाट र अवस्था अवलोकलन गरी स्थलगत अनुगमन गरेको हो । यस्तै भौतिक दुरी कायम गरी सिंजामा त्रिपालमुनि बसेका कोभिड संक्रमितको स्थलगत अनुगमन समेत गरेको छ ।पत्रकार महासंघ शाखा जुम्लाका नेत्रबहादुर शाहीले कोरोना संक्रमण तथा नियन्त्रणमा राज्यको तयारी पुगेको देखिदैन । निम्नस्तरको तयारीले संक्रमण फैलिने अवस्था देखिन्छ । राज्यका निम्मेवार निकाय र नागरिक दुवै सचेत, सजक हुन अवश्यक देखिएको उनले बताए ।

राष्ट्यि मानवअधिकार आयोग जुम्लाका मानवअधिकार अधिकृत किरण बरानका अनुुसार कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको तयारी अझै पुगेको छैन । उनले भने ‘सर्वसाधनरण भन्दा पनि स्वास्थ्यकर्मी पनि सुरक्षित छैनन् । स्वास्थ्य साम्रगी प्राप्त छैनन् । देशभर संक्रमणको भयाभयस्थिति भईसेक्यो । तर यहाँका सरोकारवाला निकाय स्वास्थ्य सामग्री खरिद प्रक्रियामै छन् । यस्तो खालको गतिविधिले गर्दा कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा चुनौती देखिएको छ ।’ कोरोना संक्रमतको अवस्था स्थलगत अनुगमन पनि गरौँ ।संक्रमतिले स्वास्थ्य सुरक्षाका सामग्री पाउन सकेका छैनन् । संक्रमतिको त्रिपालमुनि बास छ । त्यहाँ चिकित्सकको निगरानी पनि देखिदैन । उनले भने स्वास्थ्यमा समस्या आए तत्कालन उद्धान गर्न पनि कठिनाई हुने अवस्था रहेको छ ।