जुम्लामा घरेलु उत्पादनको माग बढ्दो


जुम्ला ः जुम्लाको मार्सी चामल जस्तै चर्चामा छ, यहाँको घरेलु उत्पादन राडी पाखी पनि हो । नेपालका विशिष्ट व्यक्तित्वहरुले भेडाको ऊनबाट उत्पादन हुने स्वीटर, कोट, गलवन्दी पहिरन(प्रयोग) गर्न थालेपछि घरेलु उत्पादनको महत्व बढ्दै गएको हो । जुम्लाको चन्दननाथ नगरपालिका ३ खोलीकोटमा ४४ वर्षीय कुन्जाङ पुटिक तामाङले लामो सयम देखि तानबाट उत्पादन ऊनको राडीपाखी उत्पादन गर्दै आएकी छन् । उनले आफुलाई एक सफल महिला उद्यमीको रुपमा स्थापित गरेकी हुन । जसले जुम्लामा महिलालाई रोजगारी सृजनासँगसंगै सिप हस्तान्तरणको काम गर्दै आएकी छन् ।
घरेलु उत्पादनको माग राम्रो छ बजारमा कुन्जाङ पुटिक तामाङले भनिन , तर कच्चा पदार्थ ऊनको भने समस्या हुने गरेको छ । चाइनाबाट कच्चा पदार्थ ऊन ल्याउने गरेको थिए । तर कोरोनाका कारण नाका वन्द हुदा समस्या भएको छ । त्यस्तै चन्दनाथ नगरपालिका जुम्लाका ,हरिबहादुर खत्रीले भने , घरेलु उत्पादन अहिले घटेको छ । तर बजारमा माग बढ्दो छ । ऊन उत्पादन नहुदा समस्या भएको हो । घरेलु उत्पादन शरिरका लागि राम्रो र न्यानो हुन्छ ।

यसले गर्दा पनि माग बढेको हो । घरेलु उत्पादनका लागि ऊन प्रोसेसिङ गर्ने उपकरणको आवश्यकता रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द महतले बताए । उनले भने, यो उपकरण व्यवस्थापनका लागि प्रदेश सरकारले बजेट विनियोजन गर्ने भनेको छ । उपकरण व्यवस्थापन गर्न सकेको खण्डमा घरेलु उत्पादन गुणस्तर हुने र यसको बजार अझै बढ्ने सम्भावना देखिएको छ । चालु आवको हाल सम्म जुम्लामा दर्ता भएका ३ सय १५ उद्योग मध्य ६० प्रतिशत उद्योग महिलाका नाममा छन् । कर्म मात्रामा घरेलु उद्योग प्रयोग आएका छन् । जुम्लामा ५० भन्दा बढी भेडाबाख्रा व्यवसायिक रुपमा पालन गर्ने २ सय बढी कृषक छन् । ७७ हजार भेडा र ४२ हजार बाख्रा रहेका छन् ।