मुल्ली गाउमा आगो लगाउने एकजना पक्राउ
जुम्लाः जुम्लाको तिला गाउँपालिका ९ ढिपु स्थित मुल्ली गाउँमा आगो लगाउने एक जना पक्राउ परेका छन । अनुसन्धानका क्रममा सोही गाउँका तेजबहादुर बोहोराले गाउँमा आगो लगाएको पुष्टि भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।यहि चैत २१ गते सोहि गाउँका तेज बहादुर बोहोराले मुल्ली बस्तीमा आगो लगाएका थिए । आगलागीबाट २९ घर पुर्ण रुपमा जलेका छन् । भने, १५ वटा घरमा आंशिक क्षति भएको थियो । पक्राउ परेका तेजबहादुरले व्यक्तिगत रिसिइबीका कारण स्थानीय जैसिके बोहोराको घरमा आगो लगाउँदा पुरै मुल्ली गाउँनै जलेको हो ।
एकजना व्यक्ति संगको रिसिइबीका कारण गरिएको आगलागीले मुल्लीगाउँका करिब ७५ घरधुरी अहिले विस्तापित भएका छन् ।यता प्रहरी नायव उपरिक्षक डिएसपी दानबहादुर थापाले निज बोहोरालाई पहिलोपटक जिल्ला अदालत जुम्लाबाट पाँच दिनको म्याद थप भइ अनुसन्धान भइरहेको बताए । उनले व्यक्तिगत स्वार्थका लागि आम नागरिकको मौलिक अधिकार हनन हुने गरी आगलागी गर्ने व्यक्तिलाईलाई कानुन अनुसार कारबाहि अगाडी बढाउने बताए ।यसअघि जुम्ला तिला गाउँपालिका ७ को गोठी गाउँमा आगलागी हुँदा २९ घर नष्ट भएका थिए । पशु चौपाय र अन्नपात सबै जलेर नष्ट भएको थियो । मुल्ली बस्तीमा पनि मानवीय, पशुचौपायको क्षति नभएपनि अन्नपात पुर्ण रुपमा जलेको वडाध्यक्ष शेरबहादुर बोहोरा बताए ।








