प्रदेश प्रहरी विधेयक मस्यौँदामा छलफल गर्न गर्दै मन्त्री भण्डारी

जुम्ला ः कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी प्रदेश प्रहरी विधेयक मस्यौँदामा छलफल गर्न जुम्ला पुगेका छन । मन्त्री भण्डारी शुक्रबार जुम्लामा पुगेका हुन । पहिलो दिन जिल्लाको सुरक्षा निकाया संग छलफल गरेको मन्त्री भण्डारीले बताए । उनले भने, पहिलो दिन भेटघाट सुरक्षा निकाय संग गरेका थियौ । शनिवार सरोकारवाला निकाय संग बृहत रुपमा छलफल भएको छ ।

छलफलमा प्रदेश सचिव, जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा,पुर्व एआइजी,पुर्व डिआइजी,एसपी,डिएसपी राजनितिकदल लगायत सरोकारवाला निकाय संग सुझाव संकलन गरिएको छ ।मन्त्री भण्डारी भने ,प्रदेश प्रहरी मस्यौँदाका बारेमा छलफल गरेर कानुन बनाइने छ । प्रदेश प्रहरी मस्यौँदाका बिषयमा कर्णालीका सबै जिल्लाका सरोकारवाला निकाय संग घनिभुत छलफल अघि बढाउने कानुनमन्त्रालयले जनाएको छ।